गोरखा ११, असार : गोरखामा गएराती देखि फेरि भारी बर्षा भइरहेको छ । असार लागेसंंगै सुरु भएका बर्षा बुधबार र बिहिबार रोकिएको भएपनि पुनः गएरातीेदेखि बर्षा जारी छ । भारी बर्षाका कारण जिल्लामा बाढी र पहिरोको जोखिम बढको छ ।
यसअघि गएको एकहप्ता भित्रमा जिल्लामा बाढीका कारण एक जनाको मृत्यु भईसकेको छ भने बुढी गण्डकी नदीमा आएको बाढीले चुमनुव्री गाउँपालिकाको वडा नम्बर ३ स्थित सल्लेरीमा ४ घर बाढीले बगाइसकेको छ ।
त्यस्तै सल्लेरीमा बस्ती नै बाढीको उच्चजोखिमका कारण त्यहाँका बासिन्दाहरु बिस्थापित भएका छन् । यस्तै जिल्लाको सहिद लखन गाउँपालिकामा अत्याधिक बर्षाका कारण आएको पहिरोले गोठ पुरिदा पशुचौपाया मारिएका छन् ।