Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुग्लिन–नारायणगढ सडकको १४ किलोमा झरेको भीमकाय ढुङ्गा ४० घण्टा लगाएर बल्ल हटाईयो

मुग्लिन–नारायणगढ सडकको १४ किलोमा झरेको भीमकाय ढुङ्गा ४० घण्टा लगाएर बल्ल हटाईयो

images

इच्छाकामना न्युज

२६, आषाढ २०७८
मुग्लिन–नारायणगढ सडकको १४ किलोमा झरेको भीमकाय ढुङ्गा ४० घण्टा लगाएर बल्ल हटाईयो
images

चितवन, २६ असार । नारायणगढ–मुग्लिन सडकको १४ किलोमा खसेको अजंगको ढुंगा ४० घण्टा लगाएर शुक्रबार हटाइएको छ ।

ब्रेकरले हानेर ढुंगा फोरिएपछि बाँकी भाग नदीमा फालेर ढुंगा हटाइएको हो । यो सडक खण्डमा खसेको ठूलो ढुंगो शुक्रबार साँझ पूर्णरुपमा हटाइएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले नारायणी अनलाइनलाई बताए ।

उनले भने, ‘ एक हप्ताअघि खसेको ढुंगालाई ब्रेकरले हानेर ४० घण्टा लगाएर फोरेर हटाउन सफल भएका छौं । ६० प्रतिशत फुटाएपछि ढुंगालाई धकेलेर नदीमा खसालेका छौं ।’

नारायणगढदेखि १४ किलोमिटर पर असार १७ गते बिहीबार साँझ निकै नै ठूलो ढुंगोसहित पहिरो खसेको थियो । त्यसैगरी, भोलिपल्ट नारायणगढदेखि २० किलो मिटर पर भोर्ले नजिक सेती दोभानमा ठूलो पहिरो खसेपछि यो सडक हुँदै सवारीसाधन सञ्चालन ठप्प जस्तै भएको थियो ।

१४ किलोको पहिरो सफा भए पनि ठूलो ढुंगा हटाउन निकै सकस भएको थियो । अहिले ढुंगासहित सबै पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - २१:४६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology