Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको म्याग्दे गाउँपालिकामा रहेको अकलादेवी मन्दिरमा तोडफोड, मुर्ति समेत चोरी 

तनहुँको म्याग्दे गाउँपालिकामा रहेको अकलादेवी मन्दिरमा तोडफोड, मुर्ति समेत चोरी 

इच्छाकामना न्युज

५, श्रावण २०७८
तनहुँको म्याग्दे गाउँपालिकामा रहेको अकलादेवी मन्दिरमा तोडफोड, मुर्ति समेत चोरी 

दुलेगौँडा, ५ श्रावण । तनहुँको प्रसिद्ध धार्मिकस्थल म्याग्दे गाउँपालिकाको अकलादेवी मन्दिरबाट देवीको मुर्ति चोरी भएको छ । गएराती अज्ञात समुहले मन्दिरको ढोकामा लगाइएको ताल्चा फोडी मुर्ति चोरेर लगेको मन्दिर विकास तथा व्यवस्थापन समितिका सचिव बसन्त थापाले जानकारी दिए । 

images

सचिव थापाको अनुसार मन्दिरमा रहेको गणेशको मुर्ति ,शंख ,घण्टी , तरबार लगायतका सामानहरु चोरी भएको छ । मन्दिरको गजुर भने सुरक्षित रहेको जनाइएको छ । विहान पुजारी मन्दिरमा दैनिक नित्यपुजाको लागि जाँदा मन्दिरमा मुर्ति चोरी भएको थाहा पाएका थिए । 

अहिले प्रहरी आएर घट्नाको विषयमा अनुसन्धान गरिरहेको थापाले बताए । थापाले हजारौ लाखौ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घट्ना अत्यन्त निन्दनीय र हिन्दुधर्ममाथिको प्रहार भएको बताएका छन् । 

उनले कोही शंकास्पद व्यक्ति वा समुह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन आग्रह समेत गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - ०९:४९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology