Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङको सलाङघाटमा रहेको सफल होटललाई २० हजार जरिवाना

धादिङको सलाङघाटमा रहेको सफल होटललाई २० हजार जरिवाना

इच्छाकामना न्युज

५, श्रावण २०७८
धादिङको सलाङघाटमा रहेको सफल होटललाई २० हजार जरिवाना

धादिङ, ५ साउन  । बेनिघाट रोराङ गाउँपालिकाको सलाङघाट बजारमा रहेको सफल होटललाई बजार अनुगमन टोलीले २० हजार जरिवाना गरेको छ ।

images

राजमार्गमा यात्रागर्ने यात्रुहरुलाई लक्षित गरि संचालनमा आएको उक्त होटलले होटलले व्यावसायिक आचरण पालना नगरी आधारभूत मापदण्ड समेत पुरा नगरेको पाईएकोले कार्वाही स्वरुप जरिवाना गराईएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताएका छन् ।

केही दिन पहिले मात्र घरेलु तथा साना उद्योग कार्यालय, धादिङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नुवाकोटले तालिम समेत दिएको थियो ।

पहिलो पटक हामीले अहिले २० हजार जरिवाना तिराएर कार्वाही गरेका हौं सुधार गर्न भनेका छौं अटेर गरे थप कार्वाही हुने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय बताउँछन् ।

सफल होटेल कार्वाही हुनुको मुख्य कारणहरु

१. म्याद गुज्रिएका क्विक चिजबल, आलु चिप्स र मिला क्यान जुस गरी २१ पिस बिक्रीको लागि काउन्टरमा राखिएको,
२. म्याद गुज्रिएको चिकेन भुजिया चाउचाउ पकाएर बिक्रीमा राखिएको र भान्छाबाट २२ पाकेट चिकेन भुजिया चाउचाउ बरामद गरिएको।
३. अधिकतम् खुद्रा मूल्य (एमआरपी) ७० रुपैयाँ रहेको ड्यु १०० रुपैयाँमा र २० रुपैयाँ एमआरपी रहेको पानीलाई २५ रुपैयाँमा बिक्री गरेको पाइएको,
४. फ्रिजमा २१ पाकेट लेबल नभएको (उत्पादन मिति समेत नभएको) गुणस्तरहीन चाउमिन फेला परेको,
५. बिक्री बिल प्रयोग नगरेको,
६. कोभिड १९ को स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कुनै मापदण्ड पुरा नगरेको ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - १०:०७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology