Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखा पालुङ्गटारका १३ वर्षीया ऋचा नेपालीको पोखरीमा डुबेर मृत्यु

गोरखा पालुङ्गटारका १३ वर्षीया ऋचा नेपालीको पोखरीमा डुबेर मृत्यु

इच्छाकामना न्युज

५, श्रावण २०७८
गोरखा पालुङ्गटारका १३ वर्षीया ऋचा नेपालीको पोखरीमा डुबेर मृत्यु
images

गोरखा, ५ साउन । पोखरीमा डुबेर पालुङटार नगरपालिका ८ मुलाबारीकी १३ वर्षिय ऋचा नेपालीको मृत्यु भएको छ ।

images
images

बुधबार खेतमा रोपाईं गरेर फर्किएर हातखुट्टा धुन खोज्दा चिप्लेर पोखरीमा खसेपछि नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब १ वजे पोखरीमा डुबेपछि नेपालीलाई उद्धार गरेर उपचारका लागि धुवाँकोट स्वास्थ्य चौकीमा लगिएको थियो । तर, उनको उपचारका क्रममा दिउँसो करिब साढे २ वजे मृत्यु भएको हो ।

बालिकाको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - २२:०८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology