गोरखा, ५ साउन । गोरखा नगरपालिका १२ हात्तिसार फाँट नजिकै दरौंदी किनारमा पालुङटार नगरपालिका वडा नम्वर २ खोप्लाङकी ४८ वर्षकी सुकमाया मग्राती नेपालीको शव भेटिएको छ ।
गत साउन तीन गतेदेखि हराएकी उनको आज दिउँसो करिब ३ बजे त्यहाँ भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।