Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ईदको पूर्वसन्ध्यामा मुस्लिम समाज आँबुखैरेनीद्वारा पुर्कोटका विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सहयोग

ईदको पूर्वसन्ध्यामा मुस्लिम समाज आँबुखैरेनीद्वारा पुर्कोटका विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सहयोग

इच्छाकामना न्युज

६, श्रावण २०७८
ईदको पूर्वसन्ध्यामा मुस्लिम समाज आँबुखैरेनीद्वारा पुर्कोटका विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सहयोग

भानु, ६ साउन । मुस्लिम समुदायको दोस्रो महान पर्व बकर ईदको पूर्वसन्ध्यामा मुस्लिम समाज आँबुखैरेनीद्वारा विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सहयोग गरेको छ। समाजले मंगलबार भानु नगरपालिका पुर्कोट घर भै विगत ९÷१० वर्षदेखि तुरतुरे बजारमा बस्दै आएका जुलेका मियानीको परिवारलाई खाद्यान्न सहयोग गरेको हो।

images

समाजका अध्यक्ष मोहम्मद रफी वर्सीका अनुसार २ छोरी र १ छोरा भएको मियानीको परिवारको अवस्था अत्यन्तै दयनिय रहेकोले उनलाई बकर इद को मौका पारेर समाजले नगद १० हजार सहित खाद्यान्न सहयोग गरेको हो। 

213852102_1334831596913933_2635198102202729988_n.jpg

छोराछोरीको मानसिक अवस्थामा समेत ठिक नभएको मियानीको परिवार डुम्रे–बेसिसहर राजमार्गको तुरतुरे सडक मुनि बासै बासको कटेरोमा कष्टकर दैनिकी जीवन बिताइ रहेका छन्। सानै देखि मस्तिष्कको बिकास नभएका कारण उनीहरुको भबिस्य अन्योल तर्फ धकेलिएको समेत समाजका अध्यक्ष वर्सीले बताए। 

यस्तै पिडित परिवारको सुरक्षित बसोबास र उनका सन्तानहरुको उपचारको लागि मुस्लिम समुदायले पहल गर्न सके राम्रो हुने हुदाँ सहयोगका लागि मुस्लिम समुदायका नेता एवं बुद्दिजिबी संघ सस्थाहरुलाई समाजका अध्यक्ष वर्सीले अनुरोध समेत गरेका छन्।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०९:५८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology