Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

वैदेशिक रोजगारीको कारण चितवनमा सम्बन्धविच्छेदको घटना बढ्यो

वैदेशिक रोजगारीको कारण चितवनमा सम्बन्धविच्छेदको घटना बढ्यो

इच्छाकामना न्युज

१५, श्रावण २०७८
वैदेशिक रोजगारीको कारण चितवनमा सम्बन्धविच्छेदको घटना बढ्यो
images

मनिका विश्वकर्मा, चितवन, १५ साउन । पारिवारिक रुपमा कलझगडा बढेपछि एक दम्पतीले सम्बन्ध विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे । पूर्वी चितवन राप्ती नगरपालिकामा एक दम्पतिले विवाह भएको पाँच वर्षपछि डिभोर्सं गर्नुको कारण थियो घर झगडा । श्रीमानले घरखर्च चलाउन नखोज्ने, कुटपिट गर्ने गरेकाले कानुनको साहारा लिएको श्रीतमी बताउँछिन । श्रीमानले कुटपिट गर्न थालेपछि उनि वडा कार्यालयमा मिलापत्रको लागि गएकी थिइनन् । आफन्तसंग बोल्दा हाँस्दाको कारणले श्रीमानले कुटपिट गर्दै आएको उनले बताइन् । वडाले सम्झाईबुझाई पठाँउदा पनि उनलाई श्रीमानले बारम्बार कुटि नै रहे । केही सिप नलागेपछि उनी अदालतको शरणमा पुगिन ।

images
images

अदालतसम्म पुग्न पनि उनको पिडा कम भएन् । माईती घरमा नै आएर उनलाई श्रीमानले कुटपिट गरे । उनले श्रीमानसंग छुट्टिने विचार गरिन् । तर श्रीमानले भने उनको निर्णयलाई अस्वीकार गरे । अदालतले पनि उनीहरु सकेसम्म मिलुन नै भनेर ६ महिना मिलापत्रका लागि जोड दिइयो । उनिहरु विच मिलापत्र हुन नसकेपछि डिभोर्स भयो । अंशबिनाको डिर्भोस भए पनि श्रीमानले छोराको पालनपोषणको खर्च दिने भनेर अदालतले फैसला गरेका थिए । लिखित रुपमा भएको उक्त फैसलालाई अझै पनि श्रीमानले पालन गरेका छैनन् । दुवै जनाले अर्को विवाह गरे । ११ वर्षीय छोरा भने श्रीमतीसंगै बसेका छन् । छोराको पालनपोषण सबै श्रीमतीले नै गरिरहेकी छिन् । यो एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता दर्जनौं सम्बन्ध विच्छेदहरु हाम्रो समाजमा विभिन्न कारणले भइरहेका छन ।

चितवन जिल्ला अदालतको तथ्यांक हेर्ने हो भने पनि दर्ता भएका आधा सम्बन्ध विच्छेदका मुद्दा मिलापत्र भएको देखिन्छ । यस आर्थिक बर्षको साउन १ गतेदेखि आजसम्म अर्थात १५ दिनसम्म मात्रै चितवनका ५६ जना दम्पतिले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन । जसमा २४ वटा मुद्दा त मिलापत्रमा गईसकेको अदालतले जनाएको छ ।

१४ जना केटा र ३९ जना केटीले सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दर्ता गरेका छन् । अधिकांश महिलाले दर्ता गरेका मुद्दाहरु मिलापत्रमा जाने अदालतका श्रेष्तेदार ईश्वर आर्चायले बताए । सम्बन्ध विच्छेद हुनुमा मुख्य कारण भनेकै घरयासी विवाद हुन् । उमेर नपुगी चाडैं विवाह गर्नाले, शारीरिक रुपमा परिपक्क नहुँदा, आर्थिक रुपमा मनमुटाव सिर्जना भई दम्पतिहरु छुट्टिन चाहाने उनले बताए ।
गएको वर्षमा मात्रै चितवनमा १०७९ जनाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन् भने ६१० जनाले सम्बन्ध विच्छेद गरेका छन् । जसमा ४६९ जनाको सम्बन्ध विच्छेद नभई मिलापत्रमा गएको पाईएको छ ।

पछिल्लो समय सम्बन्ध विच्छेद हुनुको कारण वैदेशिक रोजगार पनि रहेको चितवन जिल्ला अदालतका शाखा अधिकृत नवराज सिंखडाले जानकारी दिए । महिला अथवा पुरुष लामो समयसम्म घर नफर्किदा पनि सम्बन्ध विच्छेद भएको उनले बताए । विदेशमा लामो समयसम्म बस्दा, लामो दुरी कायम हुँदा शंकाको भरमा सम्बन्ध विच्छेद हुने गरेको उनले बताएका छन् ।

वैदेशिक रोजगारको सवालमा महिला भन्दा पनि पुरुषहरुले सम्बन्ध विच्छेद गर्ने गरेको सिंखडाले जानकारी दिए । उनका अनुसार महिलाहरुले चाँही घरयासी विवादको कारण, घरेलु हिंसाको कारण सम्बन्ध विच्छेद गरिरहेका छन् । त्यस्तै वैदेशिक रोजगारको लागि गरिएको नक्कली विवाहको पनि सम्बन्ध विच्छेद हुने गरेको उनले बताए ।

चितवनकी लेखक एवं अधिवक्ता सरिता तिवारीका अनुसार सम्बन्ध विच्छेद बढ्नुको कारण महिला आत्मनिर्भर हुनु पनि हो । अहिले सम्बन्ध विच्छेदका मुद्दाहरु थोरै समयमा नै फैसला हुने गरेको छ । महिलाहरु सचेत भएका कारण पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको भन्दै उनले भनिन्, ‘महिलाहरुलाई अहिले अन्याय भनेको के हो भन्ने थाहा भइसकेको छ ।’ सम्बन्ध बिच्छेद गर्दा श्रीमान वा श्रीमतीको सामाजिक, मानसिक तथा शारीरिक अवस्थामाथि आई पर्ने आकस्मिक समस्याबाट बच्ने हिसाबले गर्ने गरेको पाइएको उनले बताइन ।

नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - २२:२३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology