Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

शान्तीपुर्ण आन्दोलनबाट गिरफ्तार परेका अनेरास्वावियुका के.स. घिमिरे सहित चारैजना विनासर्त रिहा

शान्तीपुर्ण आन्दोलनबाट गिरफ्तार परेका अनेरास्वावियुका के.स. घिमिरे सहित चारैजना विनासर्त रिहा

एसपी गौरब

१६, श्रावण २०७८
शान्तीपुर्ण आन्दोलनबाट गिरफ्तार परेका अनेरास्वावियुका के.स. घिमिरे सहित चारैजना विनासर्त रिहा
images

सर्लाही, १६ साउन । सर्लाहीको लालबन्दीबाट प्रहरीले नियन्त्रणमा लिएका अनेरास्वावियुका केन्द्रीय सदस्य सहित ४ जना विना सर्त रिहा भएका छन्। लालबन्दीको लालबन्दी मोडल अस्पतालले  टिटि सुई लगाउन गएका एक स्थानियलाई रेविजको सुई लगाई दिएपछि उत्पन्न भएको विवाद पछि लालबन्दीका स्थानिय र प्रहरी विच झडप भएको थियो ।

images
images

सोही झडपको क्रममा शुक्रबार साँझ अनेरास्वावियुका केन्द्रीय सदस्य रमेश घिमिरे,अनेरास्वावियुका नेता अचुत काफ्ले,उदयपुरबाट गोर्खा हिडेका मजदुर देव बहादुर तामाङ र राजकुमार तामाङलाई लालबन्दी प्रहरीले धर पटक गरि नियन्त्रणमा लिएको थियो ।

स्थानिय युवाहरुले शान्तीपुर्ण रुपमा नारा जुलुस गरेको अवस्थामा प्रहरीले बल प्रयोग गरि अनेरास्वावियुका केन्द्रीय सदस्य घिमिरे,अनेरास्वावियुका नेता काफ्ले सहित उदयपुरबाट गोर्खा हिडेका २ मजदुरलाई कुटपिट गरि नियन्त्रणमा लिएको शनिबार फेरी अनेरास्वावियुले ईलाका प्रहरी कार्यालय लालबन्दीको गेटमा करिब ६ घण्टा नारा जुलुस गरेपछि चारै जनालाई विना सर्त रिहाई गरेको अनेरास्वावियुका नेता सरोज बाबु न्यौपानेले जानकारी दिनु भयो । 

न्यौपानेका अनुसार प्रहरी बाध्य भएर अनेरास्वावियुका केन्द्रीय सदस्य घिमिरे,अनेरास्वावियुका नेता काफ्ले सहित उदयपुरबाट गोर्खा हिडेका २ मजदुरलाई विना सर्त छाड्न बाध्य भएको हो ।

अस्पताल सञ्चालकसंग सामान्य मनमुटाव भएको र सोही विषयलाई लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले बल प्रयोग  गरि आफ्ना नेता तथा कार्यकर्तालाई जघन्य अपराधिको झैँ शान्तीपुर्ण र्याली गर्दै गर्दा नियन्त्रणमा लिएर कुटपिट गरेको भन्दै अनेरास्वावियु आक्रोसित भएको थियो ।

संविधानमै उल्लेख गरिएको मौलिक हकको प्रयोग गर्दा प्रहरीले दमन गरेको भन्दै शान्तीपुर्ण र्याली तथा कार्यक्रममा सहभागी भएका आफ्ना नेता तथा कार्यकर्ताहरुमाथी लालबन्दी प्रहरीले गरेको दमनको प्रतिफल महंगो पर्ने आफ्ना नेता तथा कार्यकर्ता रिहाई पछिको कार्यक्रममा अनेरास्वावियुका नेताहरुले बताएका छन् ।

अस्पताल प्रशासनसंगको विषयलाई लिएर प्रहरीले आफुहरुमाथी दमन गर्नु,अस्पताल सञ्चालक सम्पर्क बिहीन हुनु र २४ धण्टा भन्दा बढी निजी अस्पताललाई प्रहरीले सुरक्षा दिनुमा प्रहरी प्रशासनलाई अस्पतालले प्रलोभनामा पारेको हुन सक्ने पनि अनेरास्वावियुका नेताहरुले बताएका छन् ।
शुक्रबार लालबन्दी नगरपालिका ६ जनवादी चोकबाट शुरु भएको शान्ती पुर्ण नारा जुलुसमा प्रहरीले आफैँले ढुंगा हान्न सुरु गरेको थियो । 

त्यसपछि आक्रोसित भएका स्थानिय युवाहरु र प्रहरी वीच ढुंगा हाना हान हुनुका साथै प्रहरीले चार राउण्ड हवाई फाएर समेत गरेको थियो । स्थानियले प्रहरीको आक्रमण पछि करिब १ घण्टा पुर्व पश्चीम लोकमार्ग समेत  अवरुद्ध गरेका थिए । 

साथै शुक्रबार दिउँसो बार्ता गर्न गएको स्थानिय युवाहरुको वार्ता टोलीमाथी प्रहरी निरिक्षक थापाले अपशब्द प्रयोग गरेका र प्रयोग गरिएको अपशब्दको प्रकृति हेर्दा प्रहरी निरिक्षक थापाले मापसे गरेको आशंका लागेको अनेरास्वावियुका नेताहरुले बताएका छन् । आफुहरु सौर्हादपुर्णरुपमा बार्ता गर्न गएको भएपनि प्रहरी निरिक्षक थापाले आफुहरुमाथी अपशब्द प्रयोग गरेका  भन्दै स्थानिय युवाहरु थप आक्रोसित भएका थिए ।

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - २१:२४:५२ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology