Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

धादिङ थाक्रेका जुनुमायाँले ७१ वर्षको उमेरमा घरमै पाए नागरिकता

धादिङ थाक्रेका जुनुमायाँले ७१ वर्षको उमेरमा घरमै पाए नागरिकता

इच्छाकामना न्युज

२४, श्रावण २०७८
धादिङ थाक्रेका जुनुमायाँले ७१ वर्षको उमेरमा घरमै पाए नागरिकता
images

धादिङ, २४ साउन । धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर १० स्थित ७१ वर्षीया जुनुमाया खड्कालाई घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

images
images

जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारीहरुले खड्कालाई घरमा नै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।

धादिङका विपन्न चेपाङ् समुदायहरुलाई गाउँमा नै पुगेर नागरिकता प्रदान गर्दै आएको जिल्ला प्रशासन धादिङले बेला बखत नागरिकता प्रदान गर्न घुम्ती अभियान समेत संचालन गरेको थियो ।

पछिल्लो समय जिल्ला प्रशासन जेष्ठ नागरिकहरुको घरै सम्म पुगेर नागरिकता दिनु अत्यन्त सुन्दर पक्षका रुपमा लिन सकिन्छ ।

जिल्ला प्रशासनले जेष्ठ नागरिकले नागरिकता घरमै लिन पाउने व्यवस्था मात्रै हैन सामाजिक सुरक्षा जस्ता भत्ता पनि घरमा नै लिन पाउने व्यवस्थाको पहल गर्न आवश्यकता छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १०:१८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology