Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सर्लाहीमा स्थानीय निकायको अडिट गर्दा पनि अडिटरलाई घुस

सर्लाहीमा स्थानीय निकायको अडिट गर्दा पनि अडिटरलाई घुस

इच्छाकामना न्युज

२४, श्रावण २०७८
सर्लाहीमा स्थानीय निकायको अडिट गर्दा पनि अडिटरलाई घुस

सर्लाही, २४ साउन । महालेखाका अडिटरहरुले आफ्नो अधिकारको दुरुपयोग गर्दै सरकारी कार्यालयबाटै खुलेआम घुस असुली बढाएका छन् ।  सरकारी खर्च अनुशासन जाँच गर्ने महालेखाका ५ जना अडिटरहरुले लेखापरीक्षणका क्रममा सर्लाहीबाट मात्र करिब रु ५४ लाख घुस असुल गरेका पाइएको छ । 

images

उनिहरुले सरकारी कार्यालयको लेखापरीक्षणमा अनुचित खर्चको हिसाब मिलान गरि  दिए वापत उनिहरुले सो रकम लिएका खुलेको छ । यस बर्षको लेखापरीक्षणमा जाँदा महालेखाका कर्मचारीहरुले कुन कार्यालयबाट कति घुस लिए भन्ने तथ्यांक सार्वजनिक हुँदा सर्लाहीबाट मात्र करिब रु ५४ लाख घुस रकम बाँडिएको पाइएको हो ।

सरकारी कार्यालयसँगै खुलम खुल्ला घुस असुली गरेर काठमाडौँ फर्किएका महालेखाका अडिटरहरु अन्तिम लेखापरीक्षणको बार्षिक प्रतिवेदन तयार गर्न व्यस्त छन् ।महालेखाले साउन मसान्तसम्म बार्षिक प्रतिवेदन तयार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ । 

वाच नेपालको तथ्यांक अनुसार उनीहरुले नगरपालिकाबाट रु ५ लाख र गाउँपालिकाबाट रु २ लाखका दरले घुस बुझेर फर्किएका छन् । सर्लाहीमा बोधराज अर्याल र कृष्ण पौडेल नेतृत्वमा दुई वटा लेखापरीक्षण टोली खटेको थियो ।

यो दुई टोलीले स्थानीय निकायबाट रु २ देखि ५ लाखसम्म घुस लिएर लेखा परीक्षण गरेको पाइएको हो । निर्देशक अर्याल नेतृत्वमा तुलाराम पोखरेल र देवीलाल यादव सहभागी रहेका थिए भने  यो टोलीले बैशाख ३ गतेबाट जिल्ला सदरमुकामको एक होटलमा बसेर कविलासी नगरपालिका, बसबरिया गाउँपालिका, विष्णु गाउँपालिका, हरिपूर्वा नगरपालिका र मलंगवा नगरपालिकाको लेखापरीक्षण गरेको थियो ।

यस्तै निर्देशक कृष्ण पौडेल नेतृत्वको टोलीले १० वटा स्थानीय निकायको लेखापरीक्षण गरेको थियो । सो टोलीले लेखापरीक्षण प्रतिवेदनमा आर्थिक अनियमितता भएको खर्च मिलाएर बेरुजु, असुली कम गरिदिए वापत नगरपालिकाबाट रु ५ लाख र गाउँपालिकाबाट रु २ लाखका दरले घुस रकम संकलन गरेर फर्किएको हो ।

यस्तै जिल्लामा बस्दाको खानपान र बसोबास खर्च पनि स्थानीय निकायले व्यहोरेको छ । सर्लाहीमा ११ नगरपालिका र ९ गाउँपालिका छन् । हरेक स्थानिय निकायहरुमा रकम खर्च पारदर्षी नभएका कारण स्थानिय सरकार त्रासित रहेको थियो । तर केही घुस रकम पनि दिएर भएपनि अडिट मिलाउन सफल भएको स्थानिय सरकार खुसी दंग देखिएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - ११:५१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology