Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

खोला तर्ने क्रममा बेपत्ता भएका गोरखा आरुघाटका सानुकमल गुरुङको दाहिने खुट्टा फेला पर्‍यो

खोला तर्ने क्रममा बेपत्ता भएका गोरखा आरुघाटका सानुकमल गुरुङको दाहिने खुट्टा फेला पर्‍यो

इच्छाकामना न्युज

२६, श्रावण २०७८
खोला तर्ने क्रममा बेपत्ता भएका गोरखा आरुघाटका सानुकमल गुरुङको दाहिने खुट्टा फेला पर्‍यो
images

गोरखा, २६ साउन । गतहप्ता डुण्डुरे खोला तर्ने क्रममा बेपत्ता भएका आरुघाट गाउँपालिका १ श्यामचेतका सानुकमल गुरुङको दाहिने खुट्टा फेला परेको छ । निर्माणाधीन सोती–मान्बु पक्की पुलमुनि मंगलबार दिउसो सवा १२ बजे गुरुङको खुट्टा भेटिएको प्रहरीले जनाएको छ ।

images
images

भेटिएको खुट्टा आफ्ना बाबुको नै रहेको मृतकका छोरा बागबहादुर गुरुङले पुष्टि गरेका छन् । गत साउन १९ गते हलगोरु किनेर गोरु धनीसहित आफ्नो घरतर्फ फर्कने क्रममा उक्त खोलाले बगाई गुरुङ बेपत्ता भएका थिए ।

ईलाका प्रहरी कार्यालय आरुघाट तथा प्रहरी चौकी मान्बुबाट निरन्तर खोजतलास तथा अनुसन्धान कार्य जारी रहेको अबस्थामा पक्की पुल मुनि बुढी गण्डकी नदी किनारमा दाहिने खुट्टा फेला परेको भन्ने सूचना बमोजिम ईलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा पुगी अनुसन्धान गरेका थिए ।

प्रहरीले उक्त शरीरको अंग दाहिने खुट्टा आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट ल्याएको छ । दाहिने खुट्टा बाहेकको शरीर फेला नपरेको, खोजतलास कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १९:५०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology