पोखरा, २७ साउन। गण्डकी प्रदेशको नवनियुक्त प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङको सह–स्वकीय सचिव पदमा संचारकर्मी सम्राट गुरुङ नियुक्त भएका छन्। संचारकर्मी गुरुङलाई साउन २४ देखि नै लागु हुने गरि नियुक्त गरिएको प्रदेश प्रमुखको स्वकीय सचिवालयले आज जानकारी दिएको हो।
नवनियुक्त गुरुङलाई नेपाल सरकारको उप–सचिव सरहको सेवा सुविधा पाउने गरि नियुत्तः गरिएको हो। दिगो विकास लक्ष्य अभियन्ता गुरुङ कालिका बहुमुखी कलेजमा ग्रामीण विकासमा स्नातकोत्तर र पृथ्वी नारायण क्याम्पसमा कानुन विषयमा स्नातक अध्ययनरत छन्।
