Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कोरोना कहरका कारण पाँच महिनादेखि बन्द मनकामना मन्दिर खुला गर्ने प्रशासनको तयारी

कोरोना कहरका कारण पाँच महिनादेखि बन्द मनकामना मन्दिर खुला गर्ने प्रशासनको तयारी

इच्छाकामना न्युज

१७, भाद्र २०७८
कोरोना कहरका कारण पाँच महिनादेखि बन्द मनकामना मन्दिर खुला गर्ने प्रशासनको तयारी
images

गोरखा, १७ भदौ ।  गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर खुल्ला गर्ने तयारी गरिएको छ। बिहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पाँच महिनादेखि बन्द मन्दिर खुल्ला गर्न तयारी गर्ने निर्णय गरेको हो ।

images
images

‘मनकामना मन्दिरमा कसरी पुजा ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा वडाका जनप्रतिनिधी, क्षेत्र बिकास समितिका पदाधिकारी सँग योजना माग गर्ने निर्णय भएको छ । ‘हामीले योजना माग गर्छौँ र त्यसैको आधारमा प्रशासनले निर्णय गर्छ’ निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने । मनकामना मन्दिर र गोरखकाली सँगै खोल्ने निर्णय हुने उनले बताए ।

स्थानीय ब्यापारी ब्यवशायीले मन्दिर खोल्न दबाव दिँदै आएका छन् । मन्दिर खोलेपछि मनकामना केबलकार पनि संचालन हुने र स्थानीयको दैनिकी सहज हुने उनीहरुले बताएका छन् ।

गोरखकाली मन्दिरमा भक्तजनको संख्या कम हुने हुँदा ब्यवस्थापनमा समस्या छैन । मनकामना मन्दिरमा भक्तजन धेरै हुने हुँदा ब्यवस्थापन, पुजा संञ्चालनबारे योजना बनाएर मन्दिर खोल्ने निर्णय गरिएको सहायक प्रजिअ भण्डारीले बताए ।

दोस्रो लहरको कोरोना संक्रमण बढेपछि पाँच महिनायता मन्दिरमा नित्यपुजा बाहेक बन्द गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र १७, २०७८ बिहिवार - १९:४६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology