Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखा सिरानचोकका खुशीमान गुरुङ मृत फेला

गोरखा सिरानचोकका खुशीमान गुरुङ मृत फेला

इच्छाकामना न्युज

२३, भाद्र २०७८
गोरखा सिरानचोकका खुशीमान गुरुङ मृत फेला
images

गोरखा २३ भदौ । जिल्लाको सिरानचोक गाउँपालिका निवासी खुशीमान गुरुङ मृत्त अवस्थामा फेला परेका छन् ।

images
images

आफन्तको घरमा बस्दै आएका गुरुङ आफ्नै घर जान्छु भनी मंगलबार साँझ ७ः३० बजे हिडेको भएता पनि घरमा नआईपुगेको भन्ने प्रहरीमा खबर प्राप्त हुना साथ खोजतलास गर्दा बुधबार उनको मृत्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गुरुङको शव सिरानचोक गाउँपालिका १ र २ को सिमानामा रहेको सार्दी खोला किनारको अन्नपुर्ण भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - २१:०२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology