Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ओखलढुङ्गामा अंशवण्डा विवादमा आफ्नै भाई र भतिजा मिलेर दाजुको हत्या

ओखलढुङ्गामा अंशवण्डा विवादमा आफ्नै भाई र भतिजा मिलेर दाजुको हत्या

इच्छाकामना न्युज

२५, भाद्र २०७८
ओखलढुङ्गामा अंशवण्डा विवादमा आफ्नै भाई र भतिजा मिलेर दाजुको हत्या

ओखलढुंगा, २५ भदौं । अंशबण्डा बिबाद हुदा आफ्नै भाइ र भतिजा मिलेर एक व्यक्तिको हत्या गरिएको छ । ओखलढुंगाको खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको हो । हत्यामा संलग्न उहाँकै आफ्नै भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन् ।

images

शुक्रबार दिउसो साढे १२ बजे हत्या भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरी टोलीले खुकुरी सहित हत्यामा संलग्न दुवै जनालाई प्रक्राउ गरेको जनाएको छ । उनीहरु हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित पक्राउ परेका हुन् ।

उनीहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल गएको बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - १९:१७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology