Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखाका जेष्ठ नागरिकहरुले बढेको भत्ता दशैं अघि नै पाउने

गोरखाका जेष्ठ नागरिकहरुले बढेको भत्ता दशैं अघि नै पाउने

इच्छाकामना न्युज

२७, भाद्र २०७८
गोरखाका जेष्ठ नागरिकहरुले बढेको भत्ता दशैं अघि नै पाउने
images

गोरखा, २७ भदौ । जेष्ठ नागरिकले दशैँ अगाबै बढेको भत्ता पाउने भएका छन् । नेपाल सरकारको भदौ १६ गते बसेको मन्त्रिपरिषको बैठकले सामाजिक सुरक्षा भत्ता पहिले भन्दा ३३ प्रतिशत बढाएर दिन निर्देशन गरेपछि स्थानीय तहले तयाारी थालेका छन् ।

images
images

७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले उपचार खर्च सहितको सामाजिक सुरक्षा भत्ता मासिक चार हजार पाउनेछन् ।

दशैँ अगाडी उनीहरुले कात्तिक सम्मको सामाजिक सुरक्षा भत्ता पाउनेछन् । सबै स्थानीय तहलाई पत्राचार गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागले २०७८/७९ को बजेट बक्तब्य अनुसार साउन १ यता सामाजिक सुरक्षा भत्ता वृद्धी गरेर बितरण गर्न निर्देशन गरेको छ ।

‘दशैँ अगाबै सामाजिक सुरक्षा भत्ताको रकम निकासा दिने गरी तयारी गरिरहेका छौँ’ गोरखा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख बिजयभक्त उपाध्यायले भने । गोरखाका अधिकासं स्थानीय तहले सामाजिक सुरक्षा भत्ताको रकम बैंक मार्फत दिने गरेका छन् । हरेक चार/चार महिनामा एकमुष्ट रकम दिने परम्परा छ ।

६० वर्ष उमेर पुगेका दलित समुदायका नागरिक, बिधवा महिलाका लागि मासिक दुई हजार छ सय ६० दिईनेछ । यस्तै पूर्ण अपाङ्गता भएका ‘क’ बर्गको कार्ड प्राप्त गरेकालाई तीन हजार नौ सय ९०, ‘ख’ बर्गको अपाङ्गता भएकालाई दुई हजार एक सय २८ दिइनेछ ।

यो अहिलेको बढेको सामाजिक सुरक्षा भा दर हो । यस्तै लोपोन्मुख जाती राउटे, कुसुण्डा लगायतलाई मासिक तीन हजार नौ सय ९०, दलित परिवारभित्र एक आमाबाट जन्मिएका बढिमा दुई सन्तान पाँच वर्ष उमेर नाघेकाका लागि मासिक पाँच सय ३२ रुपैयाँ बालवालिका भत्ता स्थानीय तहहरुले बितरण गरेका छन् ।

गोरखाको ११ वटै पालिकाले दशैँ अगाडी आर्थिक वर्ष २०७८/८९ को पहिलो चौमासिकको बढेको सामाजिक सुरक्षा भत्ता रकम बितरण गर्ने तयारीमा छन् । दरौदीं दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २७, २०७८ आइतवार - ०७:५९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology