Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामना ७ को स्याङ्गदी गाउँबाट झण्डै ६० क्युफिट सालको काठ सहित ३ जना रंगेहात पक्राउ

इच्छाकामना ७ को स्याङ्गदी गाउँबाट झण्डै ६० क्युफिट सालको काठ सहित ३ जना रंगेहात पक्राउ

इच्छाकामना न्युज

२७, भाद्र २०७८
इच्छाकामना ७ को स्याङ्गदी गाउँबाट झण्डै ६० क्युफिट सालको काठ सहित ३ जना रंगेहात पक्राउ
images

चितवन, २७ भदौं । चितवनमा काठ तस्करीको आरोपमा डिभिजन वन कार्यालयले तीन जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो इच्छाकामना–७ स्याङ्दी गाउँको अमृत चोकबाट ४०.५८ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको हो ।

images
images

अमृत चोकबाट बाघखोर सिमलधाप जाने बाटोमा रहेको कालिखोला घोलमा माथिबाट ढुंगाले छोपी ४०.५८ क्युफिट साल चिरान काठ लुकाई छिपाई लँजादै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

डिभिजन वन कार्यालय चितवन, हरिपुर सव डिभिजन वन कार्यालय र चण्डिथान सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता समेतको गस्ती टोलीबाट ना. ५. त ६३८१ नम्बर को ना. ७ त १४२ नं को टेक्टर सहित कालिका नगरपालिका–२ बस्ने टेक्टर चालक २० वर्षीय उदेश तामाङ र उक्त चोरी निकासी कार्यमा सहयोगी रहेका रत्ननगर नगरपालिका–१२ सालघारी बस्ने शक्ति तामाङ र विशाल लामालाई पक्राउ परी अनुसन्धान कार्य भइरहेको डिभिजन वन कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

त्यसैगरी आज बिहान डिभिजन वन कार्यालय चितवन तथा भरतपुर सव डिभिजन वन कार्यालयका वन कर्मचारीहरुको गस्ती टोलीले भरतपुर महानगरपालिका–११ सिद्धीविनायक टोलबाट सालको १८.९५ क्युफिट काठ बरामद गरेको छ ।

कृष्णबहादुर खड्का सञ्चालक रहेको त्रिशाद फर्निचरबाट गोलिया ६ थानको सो परिमाणको काठ बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । सञ्चालक खड्का भने फरार रहेका छन् । यो सँगै डिभिजन वन कार्यालयको हिरासतमा शनिबार पक्राउ गरिएको तीनसहित विभिन्न आरोपमा पक्राउ परेका पाँच जनालाई राखिएको प्रमुख डिभिजनल वन अधिकृत पदमराज नेपालले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २७, २०७८ आइतवार - १९:३६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology