चितवन, ५ असोज । मानव अधिकार तथा शान्ति समाज चितवनले आणबिक हतियार निषेध गरिनु पर्ने भन्दै प्रदर्शन गरेको छ। सेप्टेम्बर २१ का दिन अन्तर्राष्ट्रिय शान्ति दिबसका अबसरमा मंगलबार भरतपुरको चौबिसकोठिमा समाजले उक्त प्रदर्शनको आयोजना गरेको हो।
आणबिक अस्त्ररहित बिश्वका लागि आणबिक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर भन्ने ब्यानर र प्ले कार्ड सहित बिहान साढे सात बजे देखि आठ बजे सम्म प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा शान्ति समाज चितवनका सभापति शम्भु राउतले प्रदर्सन शुरु गरेका थिए भने बागमती प्रदेस सचिब बाबुहरि आचार्यले समाजको अबधारणा पत्र वाचन सहित उपस्थिति सबैलाई धन्यवाद र आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालि काङ्ग्रेस चितबनका सचिब उतम जोसि , आजिबन सदस्य एबं काङ्ग्रेस चितबनका कोषाध्यक्ष शंकर कँडेल , प्रकाश अधिकारी ,पूर्ब सभापति अनन्त ढुगाना , नेपाल शिक्षक संघ चितबनका पूर्ब अध्यक्ष धुब्रराज पोख्रेल ,समाजका के स माधब गौतम ,शाखाका पदाधिकारी तथा सदस्यहरु आजिवन सदस्य तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो।
आणबिक अस्त्रको होडबाजिमा लागेका राष्ट्र हरु ,अमेरिका , रुस ,चिन , उतर कोरिया ,बेलायत ,फ्रान्स ,भारत , पाकिस्तान र इजरायल ,नेपाल लगायतका राष्ट्र लाई आणबिक अस्त्र बिरुद्दको सन्धि शिघ्र अनुमोदन गर्न आग्रह गरिएको थियो।