गोरखा, १० असोज । अदालतबाट सजाया फैसला भएका तर फरार रहेकाहरुलाई खोजी गरि सजाया भुक्तान गराउने अभियान रहेको गोरखा प्रहरीले आईतवार तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषध मुद्धाका फरार एक जना अभियुक्तलाई चार महिना २२ दिन कैद सजायाका लागि कारागार पठाइएको छ । बैङकिङ कसुरु मुद्धाका एक जनाबाट एक लाख ३५ हजार एक सय रुपैयाँ असुल गरिएको छ । सार्वजनीक कसुर मुद्धाका एक जनाबाट एक हजार असुल गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा प्रहरीले दुई साता भित्र ५५ जना फरार अभियुक्त पक्राउ गरिसकेको डिएसपी प्रकाश दाहालले बताए । उनीहरुबाट एक वर्ष तीन महिना छ दिन कैद र दश लाख ६१ हजार असुलउपर गरिएको छ ।