Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अहिंसा दिवसको दिन मानव अधिकार तथा शान्ति समाज चितवनद्वारा दिप प्रज्वलन 

अहिंसा दिवसको दिन मानव अधिकार तथा शान्ति समाज चितवनद्वारा दिप प्रज्वलन 

इच्छाकामना न्युज

१६, आश्विन २०७८
अहिंसा दिवसको दिन मानव अधिकार तथा शान्ति समाज चितवनद्वारा दिप प्रज्वलन 

चितवन, १६ असोज । मानव अधिकार तथा शान्ति समाज चितवनले दिप प्रज्वलन गरि अहिंसा दिवस मनाएको छ। समाजले आज साँझ चितवनको नारायणगढ स्थित पुल्चोकमा दिप प्रज्वलन गरि अहिंसा दिवस मनाएको हो।

images

आज अक्टोबर २ अर्थात अहिंसा दिवस तथा गान्धी जयन्तीमा समाजले अहिंसाः पवित्र मार्ग भन्ने मूल नाराका साथ दिप प्रज्वलन गरि दिवस मनाएको समाजका जिल्ला सभापति शम्भु राउतले जानकारी दिए। अहिंसाले मात्र समाज सतमार्गमा हिड्ने भन्ने समाजको स्थापनाको उद्देश्य अनुरुप नै बिगत दशकौ देखि नै समाजका विभिन्न जिल्ला शाखाहरुले कार्यक्रम गरेर अहिंसा दिवस मनाउदै आईरहेको पनि उनले बताए। 

243192265_279613417166334_685824355720144481_n.jpg

कार्यक्रममा समाजका बागमति प्रदेस सचिव बाबुहरि आचार्य , पूर्व केन्द्रीय सचिबहरु बिश्व प्रकाश बास्तोला र राजेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । 

यस्तै आज नै समाजका काठमाडौ, दाङ, रुपन्देहि  लगायतका  दर्जन भन्दा बढि शाखाहरुले केन्द्रीय कार्यक्रम अनुसार नै प्रदर्शन एवं शान्ति दिप प्रज्जवलन गरि कार्यक्रम मनाईएको जानकारी केन्द्रीय महासचिब रामकृष्ण बरालले दिएको छ।

images
प्रकाशित मिति :आश्विन १६, २०७८ शनिवार - २०:०१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology