Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सर्लाहीको होटलहरुमा प्रहरीकै संग्लग्नतामा हुन्छ गैरकानुनी जुवाखाल र यौनको धन्दा

सर्लाहीको होटलहरुमा प्रहरीकै संग्लग्नतामा हुन्छ गैरकानुनी जुवाखाल र यौनको धन्दा

इच्छाकामना न्युज

१०, कार्तिक २०७८
सर्लाहीको होटलहरुमा प्रहरीकै संग्लग्नतामा हुन्छ गैरकानुनी जुवाखाल र यौनको धन्दा

सर्लाही, १० कार्तिक । सर्लाहीमा प्रहरीकै मिलेमतोमा गैरकानुनी धन्दा हुने गरेको पाइएको छ । जिल्लाको लालबन्दी,हरिवन तथा बरहथवा र मलंगवामा रहेका हरेक होटल एण्ड लजहरुमा गैरकानुनी धन्दा हुने गरेका पाइएपछि प्रहरीको संग्लग्नता रहेको पाइएको हो ।

images

जिल्लाको लालबन्दीमा रहेका चर्चित देखि सामान्य होटल एण्ड लजहरुमा गैरकानुनी धन्दा (देह व्यापार), जुवातासको खेल लगायतका काम भई रहेका भएपनि प्रहरी मौन बस्नुले प्रहरीको मिलेमतोमा त्यस्ता गैर कानुनी धन्दा हुने गरेका पाइएको हो । 

लालबन्दीमा रहेका सबै होटल एण्ड लजहरु,हरिवनमा रहेको  सैनिक होटल एण्ड लज, शिखर होटल एण्ड क्टरिङ सर्भिस, बरहथवामा रहेका केही होटल एण्ड लजहरु र मलंगवामा रहेका केही होटल एण्ड लजहरुमा यस्ता गतिविधिहरु प्रहरीकै मिलेमतोमा हुने गरेका पाईएको छ ।

आफ्नो गाउँ ठाउँमा यस्ता गतिविधिहरु भएका र त्यसबाट आफुहरुलाई प्रत्यक्ष असर परेको भन्दै स्थानियले विरोध गर्नुका साथै प्रहरीलाई पटक–पटक जानकारी गराउँदा पनि प्रहरी मौन बस्नुले प्रहरी कै मिलेमतोमा यस्ता गतिविधिहरु भएका स्थानियले बताएका छन् । 

आफ्नो घर नजिकै होटल छ । तर होटलको वोर्ड समेत छैन । म र मेरा छोराछोरीहरु र भन्जा भान्जीहरु सहित म घरमा हुन्छौँ तर अरु मानिसहरु आएर राती पनि आफ्नो घरमा  लज हैन ढोका खोल्नुस त भन्दै ढोका ढकढक्याउछन् एक स्थानियले बताए । सो विषयमा प्रहरीलाई पटक पटक फोन गरेर जानकारी गराउँदा हुन्छ हामी के रछ बुझौँला भन्छन । तर प्रहरी आउदैनन् । सम्बन्धीत घर धनीलाई समेत जानकारी गराउँदा घरधनी पनि भाडाको लोभमा मौन छन् हामीलाई निकै समस्या परेको छ । उनले गुनासो गरिन् ।

त्यसपश्चात जिल्ला प्रहरी कार्यालयलाई हामीले जानकारी गराउँदा पनि प्रहरीले चासो नदेखाएपछि प्रहरीको मिलेमतो रहेको हामीलाई पनि आशंका लागेको छ । एक स्थानिय राजनैतिक दलका नेताले जानकारी गराए। 

यता,ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापालाई सो होटलका सञ्चालक भेट्न जाँदा आफुले त मान्ने तर केही पत्रकारहरुलाई पनि मिलाउनु नत्र बर्वाद हुन्छ भनेको प्रहरी स्रोतले बताएको छ । 

त्यसैगरी भर्खरै सर्लाही सरुवा भएर आएका प्रहरी उपरिक्षक कृष्ण प्रसाई पहिला पनि सर्लाहीमा बसेर यहाँको वस्तुगत स्थिती बुझि सकेका कारण  आफुहरुलाई केही सहज हुने अपेक्षा गरेको भएपनि उहाँ पनि कमाउन आउनु भएको रहेछ हाम्रो कुरा सुनिदिनु भएन् –एक स्थानियले बताए । 

यसवाट प्रहरी उपरिक्षक प्रसाईको समेत संग्लग्नतामा गैर कानुनी धन्दा चलेको आशंका भएको स्थानियले बताएका छन् । उनि नेपाली कांग्रेसका एक नेताको सिफारिमा सर्लाही प्रहरी प्रमुख भएर आएका हुन ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - २०:२५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology