Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

मिस नेपाल नम्रता श्रेष्ठले बनाईन् धादिङमा झोलुङ्गे पुल

मिस नेपाल नम्रता श्रेष्ठले बनाईन् धादिङमा झोलुङ्गे पुल

इच्छाकामना न्युज

२३, कार्तिक २०७८
मिस नेपाल नम्रता श्रेष्ठले बनाईन् धादिङमा झोलुङ्गे पुल
images

धादिङ, २३ कात्तिक । नेपालबाट ‘मिस वर्ल्ड’ मा छनोट नम्रता श्रेष्ठले नीलकण्ठ–२ आलेछिरिङ्गेको थोपलखोलामा झोलुङ्गे पुल निमार्ण गरिदिएकी छिन् । उक्त पलु सोमबार नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले नम्रता श्रेष्ठको समेत उपस्थितिमा उद्घाटन गरे । ‘मिस वर्ल्ड’ मा भाग लिन कुनै एक समाजिक कार्य गर्नुपर्ने आयोजकको नियमानुसार मिस नेपाल विजेता श्रेष्ठले साङकोस र बसाह जोड्ने झोलुङ्गे पुल ४० लाख मा निमार्ण गरेकी हुन् ।

images
images

उक्त पुल निर्माणमा द हिडेन ट्रेचर, एक्सन नेपाल, आइएमए फाउन्डेशन, नगरपालिका लगायत स्थानीय जनताहरुकोे सहयोग पाएको नम्रता श्रेष्ठले बताईन् । नीलकण्ठ नगरपालिकाको को वडा नम्बर २ आलेछिरिङ्गेको थोपल खोला माथि उक्त झोलुङ्गे पुल उद्घाटन गर्न विगत २७ वर्ष देखि मिस नेपालको आयोजना गर्दै आई रहेको The Hidden Treasure  का संचालक दिवाकरराज कर्णिकार र नम्रता धादिङ आएका थिए ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को ताज पहिरिएकी हुन् । यसपछि अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको ढोका खुलेको नम्रताले सन् २०२०-२१ ‘मिस वर्ल्ड’ मा भाग लिने अवसर पाईन् । यस प्रतियोगितामा १३० देशका सुन्दरीहरुले भाग लिनेछन् । अहिले सम्म नेपालबाट ३ जनाले’मिस वर्ल्ड’ जिति सकेका छन् ।किन्डरगार्डेनको शिक्षिका समेत रहेकी नम्रता मिस वर्ल्डमा भाग लिन यहि १८ तारिकमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - ०८:४१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology