Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रधानन्याधिशको राजिनामा माग गदै शान्ति समाजद्धारा चितवनमा प्रर्दशन

प्रधानन्याधिशको राजिनामा माग गदै शान्ति समाजद्धारा चितवनमा प्रर्दशन

इच्छाकामना न्युज

२७, कार्तिक २०७८
प्रधानन्याधिशको राजिनामा माग गदै शान्ति समाजद्धारा चितवनमा प्रर्दशन

गैडाकोट चितवन, २७ कार्तिक । मानवअधिकार तथा शान्ति समाजले चितवनको गैडाकोटमा प्रधानन्याधिशको राजिनामा माग गदै प्रर्दशन गरेको छ । सो अवसरमा न्यायलयलाई बन्दी बनाउन पाइदैन, भागभण्डा खोज्ने प्रधानन्याधिश चाहिदैन, प्रधानन्याधिश चोलेन्द्र शम्शेर जवराको सिघ्र राजिनामा वा बर्हिगमनको माग गदै समाजले प्रर्दशन गरेको हो ।

images

256042344_216183283924022_7191102075280164980_n.jpg

प्रधानन्याधिश सिघ्र राजिनामा देउ, सौदावजी गर्ने प्रधानन्याधिश चाहिदैन, न्यायलय दुषित गर्न पाइदैन, प्रधानन्याधिशले राजीनामा नदिए महाअभियोग लगाउ, बर्तमानको आवश्यकता न्यायलयको सुद्धिकरण,न्यायलयमा भागभण्डा बन्दगर, न्यायलयमा राजनितिक नियुक्ति बन्द गर जस्ता प्ले कार्ड लिएर नगर परिक्रमा गरेका थिए । 

248432659_1100855394053442_1345865081481302053_n.jpg

प्रर्दशनमा बोल्दै समाजका संस्थापक सभापति बरिष्ठ मानवअधिकारवादी नेता कृष्ण पहाडीले न्यायलयलाई कुनैपनि समयमा धमिलाउने काम गर्न नहुने बताउदै जवराले सिघ्र राजिनामा दिनुपर्ने बताए । सौदावजी गर्ने प्रधानन्याधिश चाहिदैन, न्यायलय दुषित गर्न पाइदैन भन्दै अधिकारवादी पहाडीले बर्तमानको आवश्यकता न्यायलयको सुद्धिकरण आवश्यक रहेको बताए । 

248081779_408725534253613_5998195980653246952_n.jpg

त्यस्तै समाजका केन्द्रिय सभापति गोविन्द खनालले प्रधानन्याधिशले तुरुन्त राजिनामा दिनुको विकल्प नरहेको बताउदै न्यायलय जस्तो पवित्र ठाँउलाई धमिलाउने काम भएकाले आफुहरु सडकमा आउनु परेको बताए ।  जनतालाई न्याय दिने अंगका रुपमा रहेको न्यायलय सुदिकरण गर्नुपर्ने समय आएकाले बाध्यकारी रुपमा आफुहरु यो कदम चाल्नु परेको बताए ।

247643918_477344336929056_8728039681871698396_n.jpg

मानवअधिकार तथा शान्ति समाजले चितवनमा २६ र २७अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ जस्मा ३२ जिल्लाबाट एक सय भन्दा बढीसदस्यहरुको सहभागिता रहेको आथित्यशाखा चितवनका सभापति तथा कार्यक्रम संयोजक शम्भु राउतले जानकारी दिए  । अभिमुखीकरण कार्यक्रममा समाजका संस्थापक सदस्य कृष्ण कडेल, पूर्व सभापति होमकान्त चौलागाई, बरिष्ठ उपसभापति शुशिल बस्नेत, महासचिव रामकृष्ण बराल लगाएतले बोल्दै समाजले आफुलाई सधै जनताको पक्षमा उभिएर काम गर्ने बताएका थिए ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - १७:१५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology