Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जनकपुरमा हिन्दु र मूस्लिम २ समुदाय बिच झडप भएपछि स्थिति तनावग्रस्त, प्रसाशनद्वारा ३२ घण्टा निषेधाज्ञा जारी

जनकपुरमा हिन्दु र मूस्लिम २ समुदाय बिच झडप भएपछि स्थिति तनावग्रस्त, प्रसाशनद्वारा ३२ घण्टा निषेधाज्ञा जारी

न्युज कारखाना

२७, कार्तिक २०७८
जनकपुरमा हिन्दु र मूस्लिम २ समुदाय बिच झडप भएपछि स्थिति तनावग्रस्त, प्रसाशनद्वारा ३२ घण्टा निषेधाज्ञा जारी
images

जनकपुरधाम, २७ कात्तिक । दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

images
images

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

छठ पर्वको दिन देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवाद हुँदा भएको झडपमा चारजना हिन्दू समुदायका व्यक्ति घाइते भएका थिए । सोही विषयलाई लिएर शनिबार मुस्लिम र हिन्दू समुदायबीच विवाद हुँदा पुनः उग्ररुप लिएको छ ।

झडपमा दुई जना प्रहरीसहित तीन जना घाइते भएका छन्। एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिलासमेत गरी तीन जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरिएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

झडप थप उग्र हुन थालेपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सो वडामा निषेधाज्ञा जारी गरेका छन् । आज दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।

स्थानीय प्रशासनले पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - १८:०५:५७ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology