Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

धादिङमा कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्त पक्राउ

धादिङमा कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्त पक्राउ

इच्छाकामना न्युज

२८, कार्तिक २०७८
धादिङमा कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्त पक्राउ
images

धादिङ, २८ कार्तिक । कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका-१ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका-७ घर हुने १८ वर्षीया किशोरी र सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-१ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा जे.एच. ज्वेलर्स पसल संचालन गरी बस्ने २८ वर्षीय रामशरण राज सुनार रहेका छन् ।

images
images

धुनिबेशी नगरपालिका-१ डाँडागाउँ बस्ने ५९ वर्षीया तिर्थमाया तामाङ आफ्नै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटना शंकास्पद देखिएपछि ईलाका प्रहरी कार्यालय खानिखोला र प्रहरी चौकी जिवनपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा सोही नगरपालिका भञ्ज्याङ पोखरीबाट वीर बहादुरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उनले बुधबार साँझ ती महिलालाई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेपछि महिलाको सुनसमेत लुटेर फरार भएको खुल्न आएको थियो । साथै उक्त सुन लुकाउने तथा बिक्री गर्ने उनकै भाइ सुवास, १८ वर्षीय किशोरी तथा सुन खरिद गर्ने रामशरणलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले रामशरणको पसलबाट ४७.२ लालको सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको १ थान बेरूवा रिङ, १८ वर्षीया किशोरीको कोठाबाट ४७.६६ लालको सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको १ थान बेरूवा रिङ, नगद २२ हजार ६ सय रुपैयाँ र घटनास्थलबाट रगत जस्तो पदार्थ लागेको १ थान ढुङगा बरामद गरेको छ । उनीहरूउपर जिल्ला अदालत धादिङबाट म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २१:०५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology