Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

ओखलढुंगाबाट एकादशी बजार भर्न ककनी हिँडेको जीप दुर्घटना, हताहतिको आशंका

ओखलढुंगाबाट एकादशी बजार भर्न ककनी हिँडेको जीप दुर्घटना, हताहतिको आशंका

न्युज कारखाना

२९, कार्तिक २०७८
ओखलढुंगाबाट एकादशी बजार भर्न ककनी हिँडेको जीप दुर्घटना, हताहतिको आशंका
images

ओखलढुंगा, २९ कात्तिक । एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढु‌ंगाबाट ककनी बजार जाँदै गरेको  बोलेर साेमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेकाे वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।

images
images

दुर्घटनामा परी केही यात्रुकाे हताहती भएकाे प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेकाे छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक पुष्टि हुन बाँकी छ ।

प्रहरी चौकी कोषहाटकाे टोली घटनास्थल पुगेको छ । दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका-१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७८ सोमवार - ०९:३८:१८ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology