Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखाका सबै प्रदेश सांसदद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँट

गोरखाका सबै प्रदेश सांसदद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँट

पत्रपत्रिका

३, मंसिर २०७८
गोरखाका सबै प्रदेश सांसदद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँट
images

गोरखा, ३ मंसिर । गोरखाका चारवटै प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका बजेट तथा कार्यक्रम बाँडफाँट भएका छन् । बिगत केहीदिनदेखि गरिएका बैठकहरुबाट सांसदहरुले बजेट तथा कार्यक्रम बाँडफाँट गरेका हुन् ।

images
images

निर्वाचन क्षेत्र १ ‘क’ बाट निर्वाचित सांसद लेखबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रम अन्तरगत ३० योजनामा २ करोड रकम विनियोजन गरेको छ । कुल योजना मध्ये गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकामा ९÷९ योजना र गोरखा नगरपालिकामा १२ वटा योजना परेका छन् ।

गण्डकी गाउँपालिका १ मा काऊले समुदायिक कृषि भवन निर्माणका लागि ६ लाख, गण्डकी गा.पा. २ मा कृषिऊपज संकलन केन्द्र निर्माण गोर्दीटारका लागि ६ लाख, गण्डकी गापा ३ मा तिवारीगाउ मासाजुडे पुण्यगाऊँ बटुकी भैरब मन्दिर जाने सिढी(पर्यटकीय पदमार्ग) निर्माणका लागि ६ लाख, गण्डकी गापा ४ मा ढाबे गैरीचौतारा कृषि सडक स्तरोन्नतिका लागि ६ लाख रकम छुट्याईको छ । गण्डकी गापा ५ मा रानागाउँ स्वास्थ्य इकाई भबन निर्माणका लागि ७ लाख, गण्डकी गापा ६ मा सुनौलो युबा क्लब भवन निर्माणका लागि ६ लाख, गण्डकी गापा ७ मा घ्याल्चोक सामुदायिक भवन (अधुरो पूरा गर्ने)का लागि ९ लाख, गण्डकी गापा ८ मा नयाँगाउँ खेलमैदान अधूरों भवन निर्माणका लागि ६ लाख, वसन्तऋतु पोल्ट्री फर्मको (पूर्वाधार तथा व्यवस्थापन)निर्माणका लागि ५ लाख विनियोजन भएको छ ।

त्यस्तै, सहिद लखन गापा १ मा सानो दिप्लिङ महिला समूह अधुरो भवन निर्माणका लागि ७ लाख, सहिद लखन गापा २ मा आरुबोट मगर गुठी भवन निर्माणका लागि ७ लाख, सहिदलखन गापा ३ मा माथिल्लो वनौती कामीगाऊ (अधूरो) भवन निर्माणका लागि ६ लाख, सहिदलखन गापा ४ मा करङ बगर खेलमैदान निर्माण, ठेउवाटारका लागि ६ लाख र सहिद लखन गापा ५ मा चन्देश्वरी महिला भवन निर्माण, तिनमानेका लागि ६ लाख रकम छुट्याइएको छ । सहिदलखन गापा ६ मा दार्चे सामुदायिक भवन अधुरो निर्माणका लागि ७ लाख, सहिद लखन गापा ७ मा महिला वहुउदेस्यिय सामुदायिक भवन निर्माणका लागि ७ लाख, सहिद लखन गापा ८ मा हटिया कोटकाली क्लब भवन निर्माणका लागि ७ लाख, सहिदलखन गापा ९ मा सातदोबाटो सामुदायिक भवन निर्माण (साबिक–२ न)का लागि ७ लाख रकम विनियोजन भएको छ ।

गोरखा नगरपालिका १ मा दलित जनजागरण महिला समूह भवन निर्माणका लागि ७ लाख, गोनपा २ मा केउरेनी आरन आधुनिकीकरणको लागि ट्रस्ट निर्माण तथा औजार÷उपकरण खरीदका लागि ६ लाख र हुन्चिङगाउँ–चण्डीथान–जुगेपानी–धारापानी कृषि सडक निर्माणका लागि ७ लाख, गोनपा ३ मा सामुदायिक भवन निर्माण (नारेस्वरभोगटेनी)का लागि ७ लाख, गोनपा ४ मा शहिद जुना तथा राममाया स्मृति भवन अधूरो निर्माणका लागि ७ लाख, गोनपा ५ मा अपांग भवन स्वाँरा अधूरो निर्माणका लागि ४ लाख, गोनपा ६ मा संचारमार्ग सामुदायिक भवन अधुरो भवन निर्माणका लागि ६ लाख रकम छुट्याइएको छ । यस्तै, गोनपा ७ मा नयाबसपार्क सामुदायिक भवन निर्माणका लागि ५ लाख, गोनपा ५ मा रोकाङ बहुउद्देश्यीय कृषि फार्म निर्माणका लागि ९ लाख, गोनपा २ मा खानेपानी मर्मत तुरतुरे धारा ट्यांकी निर्माणका लागि ६ लाख, गोनपा ५ मा एकीकृत माछापालन पुर्बाधार तथा अन्य ब्यबस्थापन, बोहोराबेसीका लागि ७ लाख र गोनपा ४ मा आरुस्वाँरा मेलबिसौना मुस्लिम कब्रस्थान कम्पाउडिङ निर्माणका लागि ६ लाख रकम विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र १ ‘ख’ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत ३० योजनामा २ करोड रकम बाँडफाड गरिएको छ । प्रदेश सांसद रामशरण बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले कुल ३० योजना मध्य भिमसेन, आरुघाट र धार्चे गाउँपालिकाका ९÷९ वटा योजना र चुमनुब्रीमा ३ योजना परेका छन् ।

भीमसेन थापा गाउँपालिका १ मा दलित बस्ती पिपल डाँडा–पाताल खानेपानी आयोजनाका लागि १६ करोड, भीमसेनथापा गापा २ मा तान्द्राङकोट डुम्कारे मन्दिर कम्पाउण्ड एवम् झण्डा स्थापनाका लागि ६ लाख, भिमसेन थापा गापा ३ मा फलेथोक खेलकुद मैदान स्तरोन्नतीका लागि ५ लाख, भिमसेन थापा गापा ४ मा रैथाने पिपल डाँडा हुँदै महादेवस्थान मोटरबाटो स्तरोन्नति(कृषि सडक)का लागि ८ लाख र भीमसेन थापा गापा ५ मा खान्चोक सामुदायिक भवन निर्माणका लागि ९ लाख रकम छुट्याईएको छ । भिमसेनथापा गापा ७ मा क्यामुनाटार रुखाथुम सिढीँ बाटो निर्माणका लागि ४ लाख, भिमसेनथापा गापा ८ मा महादेव शान्ति युवा क्लव खेलकुद मैदान निर्माणका लागि ३ लाख रकम विनियोजन गरिएको छ । भिमसेनथापा १ मा धारापानी चापाखोला खानेपानी (पाइप खरिद) गैह्राथोक सपुङेका लागि ४ लाख र भिमसेनथापा गापा ३ मा नवज्योति मा.वि. कम्पाउन्डीङ वाल तथा ग्राउण्ड (सामाग्री खरीद) निर्माणका लागि ५ लाख रकम छुट्याइएको छ ।

आरुघाट १ मा मान्बु घाम्लिङ भिर बाटो रेलिङ निर्माणका लागि ६ लाख, आरुघाट ७ मा भ्यागुते बडरे स्तुलखोला नियन्त्रणका लागि १५ लाख, आरुघाट ६ मा आप्रीक गेट निर्माणका लागि ४ लाख, आरुघाट ५ मा पिपलडाँडा आमा कृषक समुह तथा महिला सामुदायिक भवन निर्माणका लागि ८ लाख, आरुघाट ३ मा लिजा कृषि तथा पशुपन्क्षी फराम(बाख्रा खोर) निर्माणका लागि ४ लाख, आरुघाट २ मा दलित जनजाती उत्थान महिला समुह भवन मर्मतका लागि ६ लाख रकम छुट्याइएको छ । आरुघाट ८ मा प्रगतिशिल कृषक समुह हिउँदे सिचाई योजना का लागि ४ लाख,आरुघाट १० मा दाजुभाई कृषि तथा पशुपन्क्षी फर्म (बाख्रा खोर) निर्माणका लागि १० लाख र आरुघाट ४ मा पाखुरे बासपुर कृषि सडक निर्माणका लागि ५ लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै, धार्चे गाउँपालिका ५ मा सिंला आधुनिक कृषि फारम माछा पोखरी निर्माण एवम् घेराबार कार्यका लागि ७ लाख, धार्चे ३ मा देउचेत कृषि तथा पशुपन्क्षी फारम ट्राउट माछा पालन पुर्वाधार निर्माणका लागि ९ लाख, धार्चे ५ मा तल्लो गाउँदेखि माझगाउँ जाने गोरेटो बाटो निर्माणका लागि ७ लाख र आरन निर्माण योजना गुम्दा माथिल्लो दलित बस्तीका लागि ३ लाख रकम विनियोजन गरिएको छ । धार्चे ४ मा लाप्राक समाज यसवा क्लव खेलकुद मैदान निर्माण एवम् घेराबारका लागि ५ लाख, धार्चे ३ मा उहिया दलित बस्ती आरन निर्माणका लागि ४ लाख, धार्चे २ मा केरौँजा काशिगाउँ कृषि सडक स्तरोन्नतीका लागि १५ लाख विनियोजन गरिएको छ । धार्चे ७ मा नमुना कृषक समुह पुर्वाधार निर्माण तथा सिंचाइ सामाग्री खरिदका लागि ४ लाख, धार्चे ३ पाङसखर्कमा भुक्प स्मृति पार्क निर्माणका लागि ४ लाख रकम छुट्याइएको छ ।

चुमनुब्री गाउँपालिका ३ पाङसिङमा पाङसिङी आधारभुत विद्यालय संरक्षण/सामाग्री खरिदका लागि ७ लाख, चुमनुव्री ४ प्रोकमा प्रोक खेलकुद मैदान निर्माणका लागि ५ लाख, चुमनुव्री ३ फिलिममा मनाश्लु कृषि तथा पशुपन्क्षी फारम (बाख्रा खोर) निर्माणका लागि ६ लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा सांसद हरिशरण आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न योजनामा बजेट बाँडफाँट गरिएको छ ।

२ करोडको बजेट २९ योजनामा बाँडफाँट गरिएको निर्वाचन क्षेत्र पूर्वाधार समितिले जनाएको छ । पालुङटार नगरपालिकामा १७ वटा र गोरखा नगरपालिकामा १२ वटा गरी कुल २९ वटा योजना छनौटमा परेका छन् । गोरखा नगरपालिकाका १२ वटा योजनामा ७९ लाख र पालुङटार नगरपालिकाका १७ वटा योजनामा एक करोड १५ लाख बजेट छुट्टाएइको छ ।


सबै भन्दा धेरै पालुङटार नगरपालिका वडा नम्बर ९ मा टासी छोइलीङ गुम्बा तथा तामाङ एकता समाज भवन निर्माणका लागि १८ लाख र गोरखा नगरपालिका–१४ मा हटीय बुढीकोटी मन्दिर सिँडी निर्माणका लागि १८÷१८ लाख रकम छुट्याइएको छ ।

गोरखा नगरपालिका–८ सशस्त्र व्यारेक खड्का गाउँ बरभञ्ज्याङ रानीबन बाटो निर्माणका लागि १० लाख, गोरखा नगरपालिका ९ मा ठिङुरेस्वाँरा भेटनरी हुदै सिर्दिखोला बाटो निर्माणका लागि ५ लाख, गोनपा ९ मा सिर्जनशील दलित एकता समाज भवन निर्माणका लागि ५ लाख, गोनपा १० मा मुनराइज क्लव, साझा फेदी तथा तीनधारे टोल विकास संस्थान भवन निर्माणका लागि ९ लाख, गोनपा ११ मा दरौदी बगर तथा कृषि उत्पादन सहकारी भवन निर्माणका लागि ६ लाख, गोनपा १३ मा सत्यदेवी महिना समूह भवन निर्माणका लागि ४ लाख, गोनपा १४ मा याङकोट खेलकुद मैदान निर्माण तथा खेलकुद सामाग्री खरिद गर्नका लागि ६ लाख रकम विनियोजन भएको छ । गोनपा ९ मा सल्यान धारा पक्की सडक देखि धारा सम्म जाने सिडी बाटो निर्माणका लागि २ लाख, गोनपा ८ मा सम्मिलित आमा समूह भवन निर्माणका लागि ४ लाख, गोनपा १० मा मस्र्याङदी बचत तथा ऋण सहसकारी सस्था भवन निर्माणका लागि ४ लाख रकम छुटयाइएको छ ।

त्यस्तै, पालुङटार नगरपालिका १ मा भैसेपानी सामुदायिक भवन निर्माणका लागि ७ लाख, पानपा २ मा ओढारे सामुदायिक भवन निर्माणका लागि ५ लाख र आचार्य गाउँ कुलायन पूर्वाधार निर्माणका लागि १० लाख, पानपा ३ मा कदली सामुदायिक भवन निर्माणका लागि ६ लाख, पानपा ४ मा सिर्जना युवा क्लव भवन निर्माणका लागि ६ लाख, पानपा ब्लुस्टार युवा क्लव भवन मर्मत तथा निर्माणका लागि ९ लाख रकम छुट्याइएको छ । पानपा ७ मा बोटगाउँ सामुदायिक भवन निर्माणका लागि ६ लाख र सक्रिय महिला समुह भवन निर्माणका लागि ४ लाख, पानपा ६ मा च्याङ्ली चर्च निर्माणका लागि ७ लाख, पानपा ९ मा मदने डाँडा चर्च निर्माणका लागि ५ लाख रकम छु्ट्याइएको छ । पानपा १०मा कुनार चोक भारतीगाउँ बज्रेखोला कृषि सडक निर्माणका लागि ५ लाख, पानपा ८ मा डाँडागाउँ गौलिटार रातमाटे कृषि सडक स्तरोन्नतीका लागि ७ लाख, पानपा ८ मा पङडाँडा लामाचौर भवन निर्माणका लागि ३ लाख, पानपा ५ मा शिवशक्ति युवा क्लव भवन निर्माणका लागि ५ लाख, पानपा ६ मा साम्पा छोइलिङ गुम्बाका लागि ८ लाख र पानपा ३ मा डुम्रीडाँडा दलित भवन निर्माणका लागि ५ लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ ‘ख’ मा सांसद प्रकाशचन्द्र दवाडीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न कार्यक्रम बजेट बाँडफाँट गरिएको छ । दुई करोड रकम ३० वटा योजनामा बाँडफाँट गरिएको निर्वाचन क्षेत्र पूर्वाधार बिकास समितिले जनाएको छ । सबैभन्दा बढी बारपाक सुलिकोट गाउँपालिका मा १६ वटा योजना छनोट भएका छन् । उक्त योजना का लागी कुल १ करोड १८ लाख ६६ हजार रकम छुट्याइएको छ ।

बारपाक सुलिकोट–४ सौरपानीको स्मृती कृषि फर्म (बाख्रा खरिद तथा पूर्वाधार निर्माण) का लागी १५ लाख र वडा नम्वर ६ ताकुकोट स्थित शिव मन्दिर निर्माणका लागी १२ लाख ६६ हजार रकम विनियोजन गरिएको छ । सोही गाउँपालिका वडा नम्वर २ बारपाकको थालीडाँडा पोङ पदमार्ग तथा मान्द्रे स्कुलको स्टेज निर्माणका लागी दश लाख, वडा नम्वर २ बारपाक स्थित स्नान सामुदायिक मण्डली रेलिङ आँगन घेरावार तथा चर्पी निर्माणका र वडा नम्वर ५ स्थित जलकन्या तथा चन्द्रकला बिद्यालय घेरावार निर्माणका लागी ८÷८ लाख रकम विनियोजन भएको छ ।वडा नम्वर ७ देउराली स्थित शैलपुत्र माविको खेलमैदान निर्माण, वडा नम्वर ३ स्वाँरा स्थित काफलडाँडा चिहान ट्रष्ट तथा सामुदायिक भवन मर्मत र सोही वडाको देवडाँडा मञ्जुश्री युवा क्लब भवन तथा खेलमैदान निर्माणका लागी ७÷७ लाख रकम छुट्याइएको छ ।

वडा नम्वर ३ स्वाँरा स्थित स्तुल खोला प्राविको रिटर्निङवाल निर्माण, वडा नम्वर २ बारपाकस्थित खुम्चे गुम्वा निर्माण, वडा नम्वर ४ सौरपानी स्थित थानी प्रावि घेरावार तथा शिवशक्ति क्लब खेलमैदान निर्माण, सोही वडाको सौरपानी स्थित सुलिकोट सौरपानी युवा सञ्जालको भवन निर्माण र वडा नम्वर २ अलगाउँ तुम्सिका सामुदायिक भवन निर्माणका लागी ६÷६ लाख रकम विनियोजन गरिएको समिति संयोजक दुवाडीले बताए । त्यस्तै वडा नम्वर ४ को केउरा अल्लो तथा जडिवुटी संकलन तथा प्रशोधन केन्द्र निर्माण तथा सामग्री खरिद र सोही वडाको अव्राहम कृषक फर्म निर्माणका लागी ५÷५ लाख र वडा नम्वर १ को संस्कार कृषि तथा पशुपंक्षी फर्म निर्माणका लागी ४ लाख रकम विनियोजन भएको छ ।

अजिरकोट गाउँपालिकामा आठ वटा योजनाका लागि ४२ लाख ६८ हजार रकम छुट्याइएको छ । वडा नम्वर १ मिलिमवेशी घट्टेखोला पाप्ले सिम्जुङ हुदै गाउँपालिका जोड्ने मोटरबाटो निर्माण र वडा नम्वर ३ टुटुवान हंसपुर स्थित टुटुवान समाज घर निर्माणका लागी ८÷८ लाख रकम विनियोजन भएको छ । वडा नम्वर ५ मुच्चोक स्थित मल्लेआमा समूह भवन मर्मत खेलमैदान तथा ढल व्यवस्थापनका लागी ६ लाख, वडा नम्वर ४ सिम्जुङ स्थित साझेदारी कृषि तथा पशुपंक्षी फर्मको भौतिक पूर्वाधार निर्माण र वडा नम्वर २ खरिबोट स्थित खिम्पु गुम्वा निर्माणका लागी ५÷५ लाख, वडा नम्वर ५ मुच्चोक स्थित चौतारा जेष्ठ नागरिक समूहद्धारा मन्दिर निर्माण (लक्ष्मी नारायण मन्दिर) र वडा नम्वर ४ सिम्जुङ स्थित ताप्ले बुद्धज्योती यूवा क्लब खेलमैदान निर्माणका लागी ४÷४ लाख रकम छुट्याइएको छ । वडा नम्वर २ खरिवोटको शहिद इश्वरलाल गेट निर्माणका लागी पनि २ लाख ६८ हजार रकम परेको छ ।

सिरानचोक गाउँपालिकामा ६ योजनाका लागी ३२ लाख ६६ हजार रकम विनियोजन भएको छ । वडा नम्वर ३ हर्मी स्थित प्रगति महिला जागरण सापकोटा गाउँ महिला समूह भवन निर्माणका लागी आठ लाख, वडा नम्वर १ भिरसिङ केरावारी स्थित खेलमैदान निर्माण तथा खेल सामग्री खरिदका लागी ६ लाख ६६ हजार रकम छुट्याइएको छ । वडा नम्वर ५ चित्रेपोखरी स्थित कैलाश कृषि पशुपंक्षी तथा माछा फर्मको पूर्वाधार निर्माण र वडा नम्वर ७ आरुवोट श्रीनाथकोट स्थित गुरुङ समाज चिहानडाँडा निर्माणका लागी ५÷५ लाख एवं वडा नम्वर ६ गाखु स्थित लालीगुरास महिला समूह भवन निर्माण र वडा नम्वर ४ छोप्राक स्थित फिरफिरे आरुवोटे सामुदायिक भवन निर्माणका लागी ४÷४ लाख रकम परेको छ । प्रशासनिक खर्च तर्फ ६ लाख रकम छुट्याइएको छ । अन्य निर्वाचन क्षेत्रमा भने रकम बाँडफाँडको काम बाँकी रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :मंसिर ३, २०७८ शुक्रवार - १२:१४:२४ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology