Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मुग्लिन–नारायणगढ सडकखण्डको दायाँबायाँ १५/१५ मिटर भित्रको घर भत्काउन जेसिबि लादै, स्थानीयलाई तर्साउदै सडक विभाग

मुग्लिन–नारायणगढ सडकखण्डको दायाँबायाँ १५/१५ मिटर भित्रको घर भत्काउन जेसिबि लादै, स्थानीयलाई तर्साउदै सडक विभाग

इच्छाकामना न्युज

२३, मंसिर २०७८
मुग्लिन–नारायणगढ सडकखण्डको दायाँबायाँ १५/१५ मिटर भित्रको घर भत्काउन जेसिबि लादै, स्थानीयलाई तर्साउदै सडक विभाग
images

चितवन । सडक डिभिजन कार्यालय चितवनले रामनगर बजारको राजमार्गको बिच भागबाट २५/२५ मिटर दाँया बाँयाका घर टहरा भत्काउने भन्दै स्थानियलाई आतंकित बनाएको छ । 

images
images

यस अघि मग्लिङ नारायणगढ सडक विस्तारका क्रममा समेत नभत्कार्ईएका घर टहरा अहिले आएर कुनै योजना बिनानै भत्काउन लागिएको भन्दै स्थानियहरु आक्रोशित बनेका छन् ।

रामनगरको भित्री सडकमा घर भएका त्यहाँका केही भलाद्मी भनौदाहरुले  मन्त्रालयदेखी दबाव सृजना गरी सडक डिभिजन कार्यालय प्रमुख लाई दबाव दिएर घर टहरा भत्काउने गलत योजना बनाएको भन्दै सडक छेउका स्थानियहरु आक्रोसित बनेका हुन् ।  

सडक डिभिजन कार्यालयले केही दिन अगाडि जेसिबि सहित दुई भ्यान सशस्त्र प्रहरी ल्याएर भत्काउन खोजेकोमा आफुहरुको चर्को बिरोद्ध पछि उनिहरु पछि हटेको स्थानिय स्थानिय व्यवसायी केशब भण्डारीले बताए ।  

कोरोनाले थिलो थिलो परेको बजार बिस्तारै उठ्न लाग्दा फेरी कुनै योजना बिनानै काम देखाउनकै लागी मात्रै घर टहरा भत्काउने भनेर व्यवसायीलाई विस्तापित गर्न खोजिनु दुखद भएको भण्डारीको भनाई छ ।  

सडकमा कुनै अबरोध नहुँदा नहँुदै स्थानिय व्यापारीलाई गरी खान नदिनका लागी कुनै प्रसंग बिनानै घरटहरा भत्काउने योजनामा सरकार र सडक रहेकोले आफुहरु यो निर्णय विरुद्ध प्रतिकारमा उत्रेको उनले बताए ।

तत्काल २५ २५ मिटरका नाममा र टहरा भत्काईए १०० घरधुरी सुकुम्बासी बन्ने उनले बताए ।सडकको पिच छुने गरी अतिक्रमण गरेर बसेको लोथर मुग्लिंङ खण्ड, पोखरा बसपार्क छेउका घर टहरा हटाउन कुनै प्रयास नहुनु तर सडक छेउमा पार्किङ समेत रहेको खुल्ला रामनगर बजार क्षेत्रलाई मात्रै अतिक्रमित भनेर डोजर लगाउन खोज्नु राजनितिक प्रतिसोध भएको उनको भनाई छ ।  

सरकारले राजमार्ग ६ लेनमा विस्तार गर्ने योजना सहित काम थाले आफुहरुको अबरोध नहुने तर व्यवसायीले कमाएर खाएको रिस गरेर व्यवसायीलाई दुख दिनका लागी मात्रै भत्काउने काम भए व्यवसायि टुलुटुलु हेरेर नबस्ने स्थानिय व्यवसायीहरु बताउँछन् ।  

सडक डिभिजन कार्यालय चितवनका प्रमुख बाबुराम सापकोटाले सडकको जग्गामा बनेका घर टहरा जहाँबाट जहिले पनि हटाउने अधिकार सडकको भएको बताए । राजमार्गको बिचबाट २५ मिटर दायाँ र २५ मिटर बायाँ सडकको जमिन भएकोले सडकको जमिनमा बनेका घर टहरा जसरी पनि हटाउने उनले अडान सुनाए ।  

बिगतमा सडक विस्तारमा समेत नभत्काएको संरचना अहिले किन भत्काउन खोजियो भन्ने प्रश्नमा उनले आफनो जग्गामा बनेका घर टहरा भत्काउने अधिकार आफुहरुलाई रहेकाले भत्काउन खोजेको जबाफ दिए ।  

स्थानियको बिरोद्धका कारण रामनगरमा भत्काउने काम केहि पछि सरेपनि अब केहि दिन पछि आफुहरुले लोथरबाट भत्काउन सुरु गर्ने र विस्तारै रामनगर हुँदै मौवा खोला सम्म पुग्ने लक्ष्य रहेको सुनाए ।

राष्ट्रिय राजमार्गहरुलाई ६ लेनको सडकका रुपमा विस्तार गर्ने सरकारको योजना रहेकोले सबै राष्ट्रिय राजमार्ग अतिक्रमण गरेर बनेका घर टहरा भत्काउने सरकारको योजना रहेको उनले सुनाए ।

राजनितिक अगुवा तथा देबघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेलले यहि अवस्थामा स्थानियलाई घरबार विहिन बनाउने गरी रामनगरका घर टहरा भत्काउन नहुने बताए । सरकारले सडक पुर्वाधार विस्तारको योजना बिनानै त्यहाँका घर टहरा भत्काए त्यसले नराम्रो असर गर्ने उनको भनाई छ । 

images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - २२:०५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology