चितवन, ३ पुस । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २४ औं जिल्ला परिषद् बैठक सम्पन्न भएको छ। बार एसोसियशन चितवनको सभाहलमा आज समाजको २४ औं परिषद् बैठक सम्पन्न भएको हो।
समाजको चितवन शाखा सभापति शम्भु राउतको सभापतित्वमा सम्पन्न बैठकमा पूर्ब सांसद भिम बहादुर श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले कार्यक्रमलाई सम्बोन्धन गर्दै मानव अधिकारको प्रत्याभुति लोकतन्त्र संस्थागत भएमा मात्र हुन सक्ने त्यसका लागि राजनितिक दलहरुले आधारभुत अधिकारहरु कार्यान्वयन गर्न प्रतिबद्धता जनाएर मात्र नपुग्ने यसका लागि अधिकारवादि संस्थाहरुले सदैव खबरदारी गर्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा राजनितिक दल नेपाली काँग्रेशका प्रतिनिधि प्रकाश अधिकारीले मानव अधिकारको वकालत गर्दा र मानव अधिकारका पक्षमा काम गर्नेहरुले अधिकार कार्यान्वयन गराउन सबै लाग्नु पर्ने भन्दै विगतका कमिकमजोरी सुधार गरि दलहरु अगाडि बढनुको विकल्प नभएको जिकिर गरे।

यस्तै नेकपा माओवादी केन्द्रका नेता ईश्वर सापकोटाले द्वन्द्वकालमा भएका घटना बारम्बार नउठाउन आग्रह गर्दै कमिकमजोरी सुधार गरेर दलहरु अघि बढ्ने बिचार राखे।
कार्यक्रममा समाजका पूर्व केन्द्रीय उपसभापति उद्धब लोहनीले विगतका मानव अधिकार उलंघनका घटनामा सम्मिलितहरुले नै अहिले मानव अधिकार र लोकतन्त्रको दुहाई दिदा आफुलाइ खल्लो लाग्ने गरेको र अपराधमा संलग्नहरुलाइ निष्पक्ष छानविन गरि कानूनी कारबाहि हुनुपर्ने धारणा व्यक्त गरे।
समाजका प्रदेस सचिव बाबुहरि आचार्यले समाजका अभियानबारे प्रकाश पारेको कार्यक्रममा केन्द्रीय सदस्य माधव गौतम, पुर्व सचिव एवं मानव अधिकार संजाल चितवनका संयोजक राजेन्द्र पौडेल, पूर्व शाखा सभापति अनन्त ढुंगाना , काहुराष्ट्रका केन्द्रीय सचिव विनोद खण्ड तिमिल्सिना, मानव अधिकार संरक्षण मंचका कल्पना उप्रेती, मानव अधिकार सरोकार केन्द्रका विश्वनाथ ओझा लगायतले शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा शाखा उपसभापति बिन्दु खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सचिव दयानिधि अर्याल र कोषाध्यक्ष भवानीदेवि अधिकारिले सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदन उपर छलफल गरि सभाले पारित गरेको थियो। समाजको नीति अनुरुप समयमा संचालित कार्यक्रमको संचालन शाखा सचिव दयानिधि अर्यालले गरेका थिए।