Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रक्सी पिएर आफ्नै साथीको हत्या

रक्सी पिएर आफ्नै साथीको हत्या

रक्सी पिएर आफ्नै साथीको हत्या

पोखरा, ४ पुस । कास्कीमा एक जनाले रक्सी पिएर आफ्नै साथीको हत्या गरेका छन् । अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकमा बागलुङका ५७ वर्षीय शिव परियारलाई बागलुङकै ३६ वर्षका अर्जुन विकले हत्या गरेका हुन् ।

images

रक्सी पिएर आपसमा झगडा हुँदा परियारले विकको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शव घान्द्रुककै चिहान घाटमा भेटिएको थियो ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । हत्याको अन्य कारण भने खुलेको छैन । 

उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको तिवारीले जानकारी दिए । उनीहरू कामको सिलसिलामा घान्द्रुक पुगेका थिए ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - २०:१९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology