Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

पृथ्वी जयन्तीमा गोरखामा सार्वजनिक बिदा

पृथ्वी जयन्तीमा गोरखामा सार्वजनिक बिदा

इच्छाकामना न्युज

१९, पौष २०७८
पृथ्वी जयन्तीमा गोरखामा सार्वजनिक बिदा
images

पोखरा, १९ पुस । पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । नगर कार्यपालिकाको बैठक बसेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि गोरखामा बिदा दिइएको थियो ।

images
images

सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको जानकारी दिइएको हो । ‘पृथ्वी जयन्तीको दिन नगरपालिकाका कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तरगतका सबै संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ,’ सूचनामा भनिएको छ ।

पृथ्वीनारायण शाह गोरखामा जन्मिएका हुन् भने गोरखाबाटै राष्ट्रिय एकीकरण अभियान सुरु गरेका थिए । दिवसकै अवसरमा पालिकाले तीन दिने कार्यक्रम आयोजना गरेको छ । पहिलो दिन २५ गते मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ भने दोस्रो दिन २६ गते द्रब्यशाह चौतारादेखि ठूलो आँगनसम्म ९ किलोमिटरमा दौड प्रतियोगिता आयोजना गरिएको मेयर राजनराज पन्तले जानकारी दिए ।

उनका अनुसार २७ गते बिहान अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ भने दिउँसो झाँकी र्‍याली हुनेछ । साँझ पृथ्वीनारायण शाहको सालिक भएको ठाउँमा पत्रकार महासंघले दीप प्रज्वलनको कार्यक्रम गर्ने छ । दिवस मनाउन मेयर पन्तको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल समिति गठन गरिएको छ ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - २०:५७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology