गोरखा, ७ मंसिर
अमेरिकी सेनामा कार्यरत शहीदलखनका एक युवाको गएराती कार दुर्घटनामा ज्यान गएको छ।
शहीदलखन गाउँपालिका ८–छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ बर्षका सुरेश श्रेष्ठको राती करिब १० बजे मृत्यू भएको परिवार श्रोतले जानकारी दिएको छ।
उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारीसाधनले ठक्कर दिएको थियो। टाउको र शरीर भित्र गम्भीर चोट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृत्यू भएको मृतकका काका अमृत श्रेष्ठले बताए। श्रेष्ठ बिगत पाँचबर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए। सैनिक तालिम पूरा गरी तीनबर्षअघि घरमा आएर फर्किएका थिए।