Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ग्लोबल गोरखा समाजले बाड्यो गोरखाका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री

ग्लोबल गोरखा समाजले बाड्यो गोरखाका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री

इच्छाकामना न्युज

१०, मंसिर २०७७
ग्लोबल गोरखा समाजले बाड्यो गोरखाका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री

गोरखा १०, मङ्सिर । ग्लोबल गोरखा समाजले गोरखाका सबै ११ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री बाडेको छ।  जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

images

समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले आज सदरमुकाममा एक कार्यक्रम आयोजना गरी जिल्लाको सबै स्थानिय तहलाई मास्क र थर्मल गन हस्तान्रण गरेका थिए । समाजले हालै सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले जिल्लाको सबै तहमा स्वास्थ्य सामाग्री दिने निर्णय गरे लगत्तै स्थानिय तहलाई सामाग्री हस्तान्तरण गरीएको हो ।

जिल्लाको ११ स्थानिय तहलाई १ लाख रुपैया बरावरको १३ हजार थान मास्क र ३० थान थर्मल गर्न उपलब्ध गराएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोककुमार गुरुङले जानकारी दिनुभयो । त्यस्तै गरी समाजले स्वास्थ्य कार्यालय गोरखा, जिल्ला समन्वय समिति र पत्रकार महासंघलाई समेत उत्त सामाग्री प्रदान गरेको छ ।

स्वास्थ्य कार्यालयलाई १० हजार थान मास्क र १० थान थर्मल गन, समन्वय समितिलाई २ हजार थान मास्क र २ थान थर्मल गन र पत्रकार महासंघलाई २ हजार थान मास्क र १ थान थर्मलगन उपलब्ध गराएकोे नेपाल प्रतिनिधि पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा समन्वय समितिलाइ ग्लोबल गोरखाका नेपाल प्रतिनिधी पोखरेलले सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने ११ स्थानीय तहलाई जिल्ला समन्वय समितिका प्रमुख गुरुङले उत्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । समाजले ११ लाख ७६ हजार ८०० बरावरको स्वास्थ्य सामाग्री जिल्लामा बितरण गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १८:२५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology