Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

एमाले निकटहरुको लगानीमा धादिङमा नयाँ रेडियो संचालनमा आउदै

एमाले निकटहरुको लगानीमा धादिङमा नयाँ रेडियो संचालनमा आउदै

इच्छाकामना न्युज

२२, माघ २०७८
एमाले निकटहरुको लगानीमा धादिङमा नयाँ रेडियो संचालनमा आउदै
images

धादिङ, २२ माघ । नेकपा एमाले निकटहरुले धादिङबेसीमा रेडियो सौर्य १०५ मेगाहर्ज संचालनमा ल्याउने भएका छन् ।

images
images

“धादिङवासीको आवाज, रेडियो सौर्य १०५ मेगाहर्ज ” भनेर संचालनको तयारीमा रहेको यस रेडियोको लोगो सामाजिक संजालबाट सार्वजनिक गरिएको छ ।

एमाले स्रोतका अनुसार रेडियो सौर्य १०५ हाल १०० वाटको दर्ता गरिएको र पछि वाट थपिनेछ । यस रेडियो संचालनका लागि एमालेबाट निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनीधिहरु र व्यवसायीहरुले आर्थिक सहयोग गर्ने बताईएको छ

धादिङबेसीमा लोकतान्त्रिक आन्दोलनबाट जन्मिएको काँग्रेस निकट रेडियो लोकतन्त्र बन्द भएको बर्षौ भई सक्यो तर पहुँचका आधारमा नियमित लाईसेन्स नविकरण हुँदै आएको छ भने रेडियो धादिङ नेकपा एकीकृत समाजवादीका नेता गुरु बुर्लाकोटीको नेतृत्वमा संचालनमा छ ।

यस्तै माओवादी केन्द्रका नेता मनराज भण्डारीको नेतृत्वमा रेडियो विहानी संचालनमा छ । यी तीन वटै रेडियो ५०० वाटका हुन् भने धादिङबेसीमा बद्री अधिकारीको ५०० वाटको नीलकण्ठ एफएफ पनि संचालनमा छ । धादिङपोष्टबाट

 

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - १०:४८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology