Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिका अगाडी खोल्सामा यात्रु बस खस्यो, १७ जना घाईते

आँबुखैरेनी गाउँपालिका अगाडी खोल्सामा यात्रु बस खस्यो, १७ जना घाईते

इच्छाकामना न्युज

११, मंसिर २०७७
आँबुखैरेनी गाउँपालिका अगाडी खोल्सामा यात्रु बस खस्यो, १७ जना घाईते

आँबुखैरेनी, ११ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालय अगाडी रहेको खोल्सामा यात्रुबाहक बस खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस सडकबाट पाँच मिटर तल खसेको हो ।
घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको ठक्करबाट आँबुबाट दमौलीतर्फ आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरमा सवार तीन जना पनि घाइते भएका छन् ।
तनहुँका ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि भरतपुर तथा एकलाई पोखरा पठाइएको जानकारी दिए । अन्य घाइतेको अवस्था सामान्य रहेको र केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको उनले जानकारी दिए ।
घाइते हुनेमा तनहुँ, पर्वत र स्याङजाका यात्रु अधिक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

images

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १७:१०:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology