Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बन्दिपुर गाउँपालिकाद्वारा इच्छाकामना न्युजकर्मी चित्र सोल्टि गुरुङ सहित ५ पत्रकार सम्मानित

बन्दिपुर गाउँपालिकाद्वारा इच्छाकामना न्युजकर्मी चित्र सोल्टि गुरुङ सहित ५ पत्रकार सम्मानित

इच्छाकामना न्युज

२५, माघ २०७८
बन्दिपुर गाउँपालिकाद्वारा इच्छाकामना न्युजकर्मी चित्र सोल्टि गुरुङ सहित ५ पत्रकार सम्मानित
images

तनहुँ, २५ माघ । तनहुँको बन्दीपुर गाउँपालिकाले तनहुँका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको १० औं गाउँसभामा जिल्लाका क्रियाशिल पत्रकारलाई सम्मान गरेको हो ।

images
images

सम्मानित हुनेहरुमा इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ सहित खबरपुञ्जका सहसम्पादक विनोद ढुंगाना, दमौली एक्सप्रेस साप्ताहिकमा कार्यरत सुनिता आचार्य, तनहुँ उद्घोष दैनिकमा कार्यरत किरण श्रेष्ठ र प्रादेशिक खबर दैनिकमा कार्यरत शिला वाग्ले रहेका छन् ।

पत्रकारिताको माध्यमबाट गाउँपालिकाको प्रबद्र्धनमा योगदान पु¥याएकाले सम्मान गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । बन्दीपुरको पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतमा पत्रकारिताका माध्यमबाट सहयोग पु¥याउने जिल्लाका क्रियाशिल पत्रकारलाई छनोट गरेर सम्मान गरेको उनले बताए । गाउँपालिकाले बर्षेनी पत्रकारहरुलाई सम्मान गर्दै आईरहेको छ ।

आफ्नो कार्यकालको अन्तिम अर्थात १० औं गाउँसभा मंगलबार समापन गरेको बन्दीपुर गाउँपालिकाले पत्रकार सहित विभिन्न व्यक्ति र संघसंस्थालाई सम्मान गरेको छ । कृषक समुह, दुग्ध उत्पादक शहकारी, किसान, विद्यालय, सहकारी, खानेपानी उपभोक्ता समिति, सडक उपभोक्ता समितिलाई समेत सम्मान गरेको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २१:५३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology