Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

‘जनयुद्ध दिवस’ मनाउन फागुन १ गते मधेश प्रदेश सरकारले दियो सार्वजनिक विदा

‘जनयुद्ध दिवस’ मनाउन फागुन १ गते मधेश प्रदेश सरकारले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

२८, माघ २०७८
‘जनयुद्ध दिवस’ मनाउन फागुन १ गते मधेश प्रदेश सरकारले दियो सार्वजनिक विदा
images

काठमाडौं, २८ माघ । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ।

images
images

आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश भर सार्वजनि विदा दिइएको जनाएको छ । सूचनामा मन्त्री भरतप्रसाद शाहको हस्ताक्षर रहेको छ । 

२०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो जसलाई उसले 'जनयुद्ध' भन्ने गरेको छ । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको छ । 

 

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - २१:०६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology