पोखरा, ३ फागुन । गण्डकी प्रदेशमा भोली फागुन ४ गते सार्वजनिक विदा हुने भएको छ। प्रदेश सरकारले स्थापना दिवसको अवसरमा भोलि (बुधबार) प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको हो ।
