Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखामा ४ महिना मै १६ वर्ष मुनिका १० बालिका बलात्कृत

गोरखामा ४ महिना मै १६ वर्ष मुनिका १० बालिका बलात्कृत

पत्रपत्रिका

१४, मंसिर २०७७
गोरखामा ४ महिना मै १६ वर्ष मुनिका १० बालिका बलात्कृत

गोरखा, १४ मंसिर । बलात्कारबिरुद्ध कानूनमा सजायँ थप भइरहेका बेला गोरखामा बलात्कारको घटना दिनानुदिन बढिरहेको छ । साउनदेखि कात्तिक मसान्तसम्म जिल्ला प्रहरी कार्यालयमा मात्र १० बालिका बलात्कृत भएको जाहेरी दर्ता भए ।

images

‘बलात्कारको १४ वटा घटना दर्ता भए, जसमध्य १५ जना पिडित छन्, ती मध्ये १० जना १५ बर्षमुनिका बालिका छन्’ जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी निरीक्षक धर्म अधिकारीले भने, ‘उनीहरुमध्य कोही ६ बर्षका पनि छन्, कोही १५ वर्षसम्मका छन् ।’ बलात्कृत हुने अन्य पिडित युवतीमध्य १७ बर्षका दुईजना रहेका छन् ।

पिडितमध्य बालिकाको संख्या धेरै छ । पिडक पुरुषहरुमा २० बर्ष उमेर नाघेकाको संख्या धेरै छ । १४ वटा घटनामा १६ वर्ष उमेर मुनिका बालक एक जना मात्र छन् भने अधिकांश १८ देखि ४० वर्ष उमेर समुहका छन् । ‘पिडकको अवस्था हेर्दा जाने बुझेकाले बालिकालाई ललाई फकाई यौन हिंसा गरेको देखिन्छ’, प्रहरी निरीक्षक अधिकारीले भने ।

१२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ६८ वर्षीय पुरुष पक्राउ परेको घटना पनि रहेको प्रहरी बताउँछ ।
उनी अदालतको आदेशपछि अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।‘हरेक महिना चारदेखि छ वटा यौन हिंसाको घटना घटेको छ’ प्रहरी निरीक्षक अधिकारीले भने ‘बिगतमा भन्दा अहिले घटनाको दर बढेको देखिन्छ ।’

हिंसाका घटना बाहिर आउने क्रम बढेको छ । गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङ भन्छन् ‘सामुदायिक सेवा केन्द्र, बिभिन्न संघ संस्थासँग सहकार्य गरेर हामीले चेतनामुलक कार्यक्रम गर्दै आएको थियौँ, कोभिडले अहिले केही प्रभावित बनेको छ ।’

अहिले महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत बिभिन्न खालका कार्यक्रम भएका छन् । यस्ता कार्यक्रममा किशोली, बालवालिकालाई भने कमै सहभागी गराएको पाईन्छ ।


आजको दरौदी दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - ११:२४:१६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology