Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ४८ वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ४८ वर्षपछि पक्राउ

इच्छाकामना न्युज

१४, मंसिर २०७७
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ४८ वर्षपछि पक्राउ

तनहुँ, १४ मंसिर । जिल्ला प्रहरी कार्यालय तनहुँले ४८ वर्षपछी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सहित १० जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको साबिक ढोरफिर्दी-१ का प्रतिवादी केशे दमै भन्ने बुधे दमै रहेको प्रहरी जनाएको छ ।

images

घरबाट पक्राउ गरी तनहुँ जिल्ला अदालत बुझाईएकोमा थुनामा गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

दमै जबरजस्ती करणी मुद्दामा २०२९ पुष २३ गते तनहुँ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद सजाय भई फरार रहेका थिए ।

त्यसैगरी सवारि ज्यान मुद्दामा जरिवाना रहेका २ जना, चोरि मुद्दाका ४ जना, लिखत बेइज्जती मुद्दामा १ जना, जालसाची मुद्दामा २ जना समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ प्रहरीले पछिल्लो समय विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १८:५२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology