Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ढुङ्गा गिट्टी बालुवा उद्खनन् तत्काल रोक्न गोरखा प्रशासनद्वारा सबै स्थानीय तहलाई निर्देशन

ढुङ्गा गिट्टी बालुवा उद्खनन् तत्काल रोक्न गोरखा प्रशासनद्वारा सबै स्थानीय तहलाई निर्देशन

इच्छाकामना न्युज

१४, मंसिर २०७७
ढुङ्गा गिट्टी बालुवा उद्खनन् तत्काल रोक्न गोरखा प्रशासनद्वारा सबै स्थानीय तहलाई निर्देशन

गोरखा, १४ मंसिर । गोरखा जिल्लामा रहेका नदिनालाबाट नदीजन्य सामाग्रीहरु ढुङ्गा गिट्टी बालुवा उद्खनन् तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । प्रशासनले आज जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै जिल्लाका नदीनालाहरुबाट नदीजन्य सामाग्रीहरु ढुङ्गा गिट्टी बालुवा उद्खनन् गर्न तत्कालका लागि रोक्न निर्देशन दिएको हो। 
प्रसाशनले पठाएको पत्रानुसार जिल्ला भित्र यस अघि उद्खनन् गरिसकेको र घाटगद्धि गरेर राखेको भएपनि बिक्री वितरणमा रोक लगाउनु पर्ने उल्लेख छ। यस्तै अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु पनि तत्काल बन्द गराउन निर्देशन दिएको छ। 

images

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १९:४५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology