Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

धादिङको झार्लाङमा पहिलो पटक बस पुग्यो

धादिङको झार्लाङमा पहिलो पटक बस पुग्यो

इच्छाकामना न्युज

१६, फाल्गुण २०७८
धादिङको झार्लाङमा पहिलो पटक बस पुग्यो
images

धादिङ, १६ फागुन । धादिङको उत्तरी क्षेत्र झार्लाङमा पहिलो पटक बस सेवा सञ्चालन भएको छ । हाल साना जिप र आइचर ट्रकहरु मात्रै सञ्चालन भएको उत्त क्षेत्रमा बस सेवा सुरु भएपछि स्थानीयहरुमा खुसी छाएको झार्लाङबाट परेम बहादुर तामाङले जानकारी दिनुभयो ।

images
images

स्थानीय अगुवा एवं माआवादी केन्द्रका नेता सुके गुरुङको पहलमा बस सेवा सञ्चालन गरिएको तामाङले बताउनु भयो । नियमित बस सेवा सञ्चालन भएपछि सदरमुकाम धादिङबेसी र काठमाडौँसम्मको यात्राका लागि स्थानीयहरुलाई सहज भएको छ ।

हाल साना जिपहरुले लिने भाडा भन्दा बसले लिने भाडामा कम्तिमा १ सय ५० सस्तो पर्ने भएकाले पनि स्थानीयहरुलाई राहत महसुस भएको छ ।

धादिङ मण्डली यातायात प्रालिद्धारा सञ्चालन हुने बा ४ ख ४४ ६४ नम्बरको बस चालक सानुभाइ मगरले झार्लाङ पु¥याउनु भएको हो ।

काठमाडौँदेखि धादिङबेसी हुदै झार्लाङको पेर्चोसम्मको बस भाडा ९ सय ५० निर्धारण गरिएको र बस छुट्ने समय बिहान ७ बजे रहेको तामाङले बताउनु भयो ।

 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - २०:११:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology