Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा पर्यटन पुर्वाधार व्यवसायीक भवन र बृद्धाश्रम भोजन गृह बन्ने

देवघाटमा पर्यटन पुर्वाधार व्यवसायीक भवन र बृद्धाश्रम भोजन गृह बन्ने

आशिक राना

१५, मंसिर २०७७
देवघाटमा पर्यटन पुर्वाधार व्यवसायीक भवन र बृद्धाश्रम भोजन गृह बन्ने

देवघाट, १५ मंसिर । देवघाट क्षेत्र विकास समितिले पर्यटन पुर्वाधार व्यवासयीक भवन तथा बृद्धाश्रम भोजनगृह निर्माण गर्ने भएको छ। समितिको कार्यालय रहेको परिसरमा निर्माण गरिने उक्त दुबै भवनको सोमबार प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरेका छन्। 
संघीय सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्उयन मन्त्रालयको अनुमानित चार करोड ५० लाख रुपैयाँको बजेटमा बन्ने उक्त बहुवर्षीय व्यवसायीक भवनको निर्माण पश्चात देवघाट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुचनाको केन्द्रको रुपमा विकास हुने र त्यसले क्षेत्र विकास समितिको आन्तरिक आम्दानीमा बृद्धी हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए। 

images

128419814_1359863761017832_8549741458624382273_n.jpg
भवन शिलान्यास कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले देवघाट देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएको हुँदा यस क्षेत्रमा पुर्वाधारहरु थपिनु पर्ने बताए। आफुले देवघाटको विकासको लागि सँधै पहल गरिरहेको भन्दै तिन वर्ष अघिको देवघाट र अहिलेको देवघाटलाई तुलना गरेर हेर्न अनुरोध गरे। एक मिटरपनि बाटो पिच नभएको देवघाटमा अहिले पिचको काम धेरै नै अगाडी बढेको भन्दै सांसद श्रेष्ठले बाटो कालोपत्रेसँगै अव यहाँको भुमी सम्बन्धि समस्याको सबैभन्दा पहिला समाधान गरिनु पर्ने बताए। 
क्षेत्र विकास समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेकपा गाउँ कमिटिका सचिव केशवचन्द्र न्यौपाने, क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरे लगायतले मन्तव्य राखेका थिए। 

128622595_1359863884351153_6890228958851263976_n.jpg
बृद्धाश्रम भोजन गृह भने ६० लाखको लगानीमा निर्माण हुने छ। क्षेत्र विकास समितिको आन्तरिक श्रोत, नेपाल सरकार तथा नीजि क्षेत्रको समेत सहयोगमा बन्ने भोजन गृह ५० निर्माणकोलागि हालसम्म संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भईसकेको छ भने  नीजि क्षेत्रबाट १० लाखको प्रतिबद्धता व्यक्त भएको समितिका कार्यकारी निर्देशक घिमिरेले जानकारी दिए। उक्त भवन एक वर्ष भित्र पुरा गरिने लक्ष्य रहेको छ।

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १९:०६:५८ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology