Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कार्यसम्पादन मुल्याङ्कनमा गोरखाको शहिद लखन दोस्रो स्थानमा, गण्डकी गाउँपालिका छैटौं स्थानमा

कार्यसम्पादन मुल्याङ्कनमा गोरखाको शहिद लखन दोस्रो स्थानमा, गण्डकी गाउँपालिका छैटौं स्थानमा

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
कार्यसम्पादन मुल्याङ्कनमा गोरखाको शहिद लखन दोस्रो स्थानमा, गण्डकी गाउँपालिका छैटौं स्थानमा

गोरखा, २४ फागुन ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा जिल्लाको शहिद लखन गाउँपालिका दोस्रो भएका छन् भने गण्डकी गाउँपालिका छैटौं भएको छ। जिल्लाको ११ स्थानीय तह मध्ये शहिद लखनले ६३.४६ अंक प्राप्त गरेर दोस्रो भएका हुन् भने गण्डकी गाउँपालिकाले ५५.९१ अंक प्राप्त गरेर छैंटौं भएका हुन्।

images

यस्तै वित्तिय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मुल्याङ्कनमा पालुङटारले ६८.१५ प्रतिशत अङ्कका साथ पहिलो स्थानमा छ भने आरुघाट गाऊँपालिका ५९.५१ प्रतिशत अंक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ ।

गोरखा नगरपालिका ५८.६२  सिरानचोक गाऊँपालिका ५८.५६, अजिरकोट ५६.१५ तथा गण्डकी गाऊँपालिका ५५.९१ प्रतिशत अंक प्राप्त गरेका छन् ।

वारपाक सुलिकोट गाऊँपालिका ५५.८२, चुमनुब्री गाऊँपालिका ४६.४३, भिमसेन थापा गाऊँँपालिका ४६.४० र  धार्चे गाऊँपालिका ४४.९७ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सह सचिव एवम् सूचना अधिकारी कृष्ण बहादुर बोहराले जानकारी दिएका छन् ।


संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक रहेका थिए ।

यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम वितरणका लागि सरकारलाई सिफारिस गर्ने बोहराले बताए ।

समयमै बजेट पेश गरेरनगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरेरनगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरेरनगरेको विषयमा मूल्यांकन गरिएको हो ।

आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो । ६० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्नेमा शहिद लखन गाऊँपालिका र पालुङटार नगरपालिका मात्रै रहेका छन् ।

यस अघि शहिदलखन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो र नेपालभरीमा चौँथो स्थानमा रहेको थियो ।

 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - १०:३२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology