Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

उदयपुरमा जलमार्ग हुँदै ल्याइएको ४ सय केजी गाँजा बरामद

उदयपुरमा जलमार्ग हुँदै ल्याइएको ४ सय केजी गाँजा बरामद

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
उदयपुरमा जलमार्ग हुँदै ल्याइएको ४ सय केजी गाँजा बरामद
images

उदयपुर, २९ फागुन । सप्तकोशीमा बाँसको चेफा मार्फत् ल्याउँदै गरेको ४ सय किलोग्राम अबैध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तकोशीमा बाँसको चेफा माथि राखेर ल्याउँदै गरेको प्रतिबन्ध लागुऔषध गाँजा बरामद गरेको सशस्त्रले जनाएको छ ।

images
images

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाले सप्तकोशीस्थित बाँसको चेफामा बगि रहेको अबस्थामा ४ सय किलोग्राम गाँजा फेला पारेका हुन । उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिक जसो बाँस चेफा ढुवानी हुने सप्तकोशीमा अबैध गाँजा समेत ओसार पसार हुने गरेको छ । आईतवार बिहान २ बजेति सप्तकोशीमा बिस्तारै बग्दै आएको बाँसको चेफामा बेभारीसे अबस्थामा गाँजा फेला पारेको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाका शसस्त्र प्रहरी निरिक्षक सुमन बुढाथोकीले जानकारी दिए ।

गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानी गर्ने काम भई रहेको शसस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति कृष्णराज अधिकारीले जानकारी दिए । शसस्त्र प्रहरी निरिक्षक बुढाथोकीको टोली फेला पारेको गाँजा गणमा ल्याई जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाईने बताए । गाँजा ओसार पसारमा संलग्न ब्यक्तिहरुको पहिचान नभए पनि खोजी राखि रहेको गणपति अधिकारीले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २२:०५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology