Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

जनप्रतिनिधिकाे गुनासाे- हुलाकी राजमार्गमा चरम लापरबाही भयाे

जनप्रतिनिधिकाे गुनासाे- हुलाकी राजमार्गमा चरम लापरबाही भयाे

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
जनप्रतिनिधिकाे गुनासाे- हुलाकी राजमार्गमा चरम लापरबाही भयाे
images

विराटनगर, ३० फागुन । तराईका जिल्ला जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणमा चरम लापरबाही भइरहेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् ।

images
images

जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा  जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनीहरूले तराईका जिल्ला जोड्ने लाइफलाइनका रुपमा हेरिएको हुलाकी राजमार्गमा ठेकेदार कम्पनीले कार्ययोजनाविपरीत आफुखुशी काम गरिरहेको बताए । 

रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले निर्माण कम्पनीको अव्यवस्थित निर्माण कार्यका कारण हुलाकी राजमार्ग अन्तगर्तको रंगेली रोडमा दुर्घटनाको जोखिम उच्च हुँदै गएको बताए । निर्माण कम्पनीले खाड्ल खनेर सडक विस्तारको कार्य नथाल्दा दुर्घटनामा परी एक जनाको ज्यानसमेत गएको जानकारी गराए ।

नेपालमा वि.सं. २०६२-०६३ सालबाट हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । मोरङमा भने तीन वर्षअघि मात्रै राजमार्ग निर्माणको कार्य अघि बढेको हो । तर, सुरुवाती चरणदेखि नै कागजी रूपमा भौतिक प्रगति देखाएर राजमार्ग निर्माणमा गम्भीर त्रुटि हुँदै आएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । 

मोरङमा कुल सात वटा प्याकेजमा राजमार्ग निर्माणको काम भइरहेको छ । जसमा रतुवा–केशलिया सडकखण्डमा गजुरमुखी मोतिदान जेभी, कालिका मैनाचुली वेदान्सी जेभी र श्रेष्ठ कन्सट्रक्सन, गान्धीमनमोहनमार्गमा कान्छाराम कन्सट्रक्सन तथा विराटनगर केशलिया रोड सडकखण्डमा देव एण्ड शायर भुमिले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेका छन् । 

तर, राजमार्गको भौतिक प्रगति सन्तोषजनक नरहेको जनप्रतिनिधिको तर्क छ । रतुवामाई नगरपालिकाका मेयर रविन राईले संशोधित सम्पन्न मितिमा पनि निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले त्यस्ता निर्र्माण कम्पनीलाई ब्ल्याक लिस्टिङ गर्नुपर्ने बताए ।

मोरङमा हाल रतुवा–केशलिया, गान्धी मनमोहन मार्ग, कानेपोखरी-रंगेली र विराटनगर–केशलिया गरी कुल ९९.५ मध्ये ७७.५ किलोमिटर सडकखण्डमा हुलाकी राजमार्गको निर्माण कार्य भइरहेको छ । जसमा २२ किलोमिटर लम्बाइको कानेपोखरी-रंगेली सडकखण्ड यसअघि नै भारतीय अनुदानमा सम्पन्न भइसकेको छ । ३.५ किलोमिटरको विराटनगर-केशलिया खण्डमा सम्झौता भई भर्खरै काम सुरु भएको छ । तर, निर्माणाधीन सडकखण्ड पनि निर्माण सम्पन्न नगरी अधुरै छाडिएको जनप्रतिनिधि बताउँछन् । 

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले हुलाकी राजमार्ग निर्माणका दौरान एक पटक पनि गाउँपालिकासँग समन्वयको प्रयास नभएको गुनासो गरे । उनले निर्माण कम्पनीले आफुखुशी काम गर्दै आएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

इटहरीस्थित हुलाकी राजमार्ग योजना कार्यालयले हाल हुलाकी राजमार्ग र उत्तर-दक्षिण लिङ्क रोडसमेत गरी कुल २ सय ९५ किलोमिटर सडकको काम हेरिरहेको छ । कार्यालयकाअनुसार अहिले सडकको १८ र पुलको २७ गरी ४५ वटा ठेक्कामा निर्माण कार्य जारी छ ।

भारतीय पक्षले जिम्मा लिएको ८० किलोमिटरको २ वटा सडक कालोपत्रे भइसकेको छ । बाँकीको चौडाई बढाउने र स्तरोन्नतिको कार्य जारी छ । चालु आर्थिक बर्षमा २७ वटा पुलमध्ये १८ वटा निर्माण सम्पन्न हुने अवस्थामा रहेको कार्यालयको तथ्यांक छ । यद्यपि, जनप्रतिनिधिले औंल्याएका कमीकमजोरीलाई भोलिका दिनमा सच्याएर लैजाने बिषयमा कार्यालय प्रतिबद्ध रहेको योजना प्रमुुख इन्जिनियर विजयकुमार थापाले बताए ।

 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - १०:०२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology