Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते
images

उदयपुर, ३० फागुन । मदन भण्डारी लोकमार्गमा बिवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घघटनामा २४ जना जन्ती घाइते भएका छन् ।

images
images

दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो । जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डको तेश्रो पुलमा पल्टिदा उनीहरुको मृत्यु भएको हो । अन्य २४ जना जन्ती घाईते भएका छन् ।

मृत्यु हुने तथा घाईते सबै उदयपुरको कटारी नगरपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

जन्ती बोकेको ना.३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको हो । घाइते भएका मध्ये अधिकांसको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुधौलीका ट्राफिक प्रहरी कार्यालयका अनुसार टिपरमा सवार अधिकांश कटारी नगरपालिका वडा नम्बर २ का स्थानीयवासी रहेको बताए । उनीहरुलाई उपचारका लागि कटारी अस्पतालमा उपचार भई रहेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले छिमेकी जिल्ला सिन्धुलीको बाणेगाउँबाट बेहुला बेहुली लिएर कटारीतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको बताए । घटनामा टिपरभित्र सवार अन्य २४ जना जन्ती घाइते भएका छन । उनीहरु मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

चारै जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । अन्यको बिराटनगर, कटारी र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । जन्तीलाई टिपरमा पठाएर बेहुला बेहुली भने अर्कै गाडीमा आएका थिए । टिपर चालक हाल प्रहरीको नियन्त्रणमा छन ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - २१:५४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology