Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

धादिङको मलेखुबाट २ केजी गाजा सहित ३ जना पक्राउ

धादिङको मलेखुबाट २ केजी गाजा सहित ३ जना पक्राउ

images

इच्छाकामना न्युज

२०, मंसिर २०७७
धादिङको मलेखुबाट २ केजी गाजा सहित ३ जना पक्राउ
images

धादिङ, २० मंसिर । धादिङको गजुरी गाउँपालिका २ स्थित मलेखु बजारबाट प्रहरीले २ केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ। बिहिबार चेकजाँचको क्रममा मलेखु बजारबाट प्रहरीले २ केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा धादिङ सिद्धलेक गाउँपालिकाका सुदिप विक, गाडी चालक त्रीपुरा सुन्दरीका ४० वर्षिय गुभाजु र दाङ लमहीका सह चालक २१ वर्षिया गाहा मगर रहेको  प्रहरीले जानकारी दिएको छ। 
उनीहरुले काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख २३९४ नम्बरको हाइसको पछाडिको सिटमुनी कार्टुनमा ¥यापिङ पेपरले बेरिएर लुकाइ छिपाइ गाँजा ल्याइरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०८:२४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology