Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

उदयपुरमा ट्युसन क्लास जाँदै गरेकी १५ वर्षीया छात्राको बिहानै हत्या

उदयपुरमा ट्युसन क्लास जाँदै गरेकी १५ वर्षीया छात्राको बिहानै हत्या

इच्छाकामना न्युज

२२, चैत्र २०७८
उदयपुरमा ट्युसन क्लास जाँदै गरेकी १५ वर्षीया छात्राको बिहानै हत्या
images

उदयपुर, २२ चैत । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका(३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

images
images

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हाे । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खाेलामा फालेकाे अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ ।

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ ।

घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १६:११:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology